योगविज्ञान शिविरको उद्घाटन।

रेखा शर्मा
दाङ तुलसीपुर,।तुलसीपुर उपमहानगरपालिका वडा न. ७ राजापुर मा बुधबार योगविज्ञान शिविरको उद्घाटन गरिएको छ । गैराखालि हरियाली सामुदायिक वन उपभोक्ता समुहको आयोजना र पतंजली योग समिति दाङको समन्वयमा ७ दिन योगविज्ञान शिविरको उद्घाटन गरिएको हो । समुहकी अध्यक्ष नोखी रावतको अध्यक्षता मा भएको शिविरमा पतंजली योग समिति ५ न. प्रदेशका महासचिव घनश्याम अधिकारी ले उद्घाटन गर्नुभएको हो ।

वन समुहका सचिव बासु आचार्य को स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रममा प्रमुख अतिथि अधिकारी ले योग बाट शारिरिक तथा मानसिक समस्याको समाधान गर्न सकिने बताउनुभयो । साथै उहाँले योगका माध्यमबाट सोक, भोक र रोगबाट मुक्तहुन सकिने कुरामा जोड दिनुभएको थियो ।

त्यसैगरि शिविरमा प्रशिक्षक तथा वडा अध्यक्ष टोप बहादुर केसी, पतंजली योग समिति प्रदेश न. ५ कि सदस्य लक्ष्मी ओली, समतिका जिल्ला का.वा. प्रभारी बिनोद चौधरी, सदस्य रिना श्रेस्ठ, युवा का.वा प्रभारी शम्भु गिरी, जिल्ला युवा सदस्य मोतीराम ओली, योग साधक तथा वन समुहका सल्लाहकार उतम भण्डारी लगाएले योगको महत्वको बारेमा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण योग शिक्षक दुर्गा भण्डारी ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस