काठमाडौ ।
नेकपाको शक्तिशाली भातृ संगठन युवा संघ नेपालका सह–संयोजक रमेश पौडेलले समृद्ध नेपाल बनेको देख्न नचाहनेहरुले लोक सेवा आयोगको भर्ना प्रकृयाको विरोध गरेको बताएका छन् ।
पौडेलले राज्य व्यवस्था समितिले लोक सेवा आयोगले स्थानीय तहको लागि मागेको विज्ञापन रद्ध गर्न दिएको निर्देशन गलत भएको बताउदै त्यसो गरिए प्रतिकारमा उत्रिने बताएका हुन् ।
पौडेलका अनुसार राज्य ब्यवस्था समितिको निर्देशनले लाखौं युवाको भविस्य अन्धकरमा परेको छ । कर्मचारी अभावमा स्थानीय तहले काम गर्न नसकेकोले तत्काल निर्देशन फिर्ता लिन पौडेलले अनुरोध समेत गरेका छन् ।
स्थानीय तहमा करारमा भर्ती गरेर आफ्नो नाता गोता भाइ भतिजालाई जागिर खुवाएर सक्षम युवाहरुको भविष्यमाथी खेल्ने काम भएकोले सो कुरा युवा संघलाई मान्य नहुने पौडेलले बताए ।
प्रदेशको लोक सेवा आयोग बन्न समय लाग्ने हुँदा संघीय लोक सेवा आयोगले सरकारले परिकल्पना गरेको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न लोक सेवा आयोगले भर्ना गर्नु पर्ने उनको तर्क छ ।
मुलुकको प्रगती देख्न नचाहानेले यो प्रक्रियाको विरोध गरेको बताउँदै पौडेलले प्रधानमन्त्री ओलीको समृद्धिको अभियानमा बाधक बन्न आए युवा संघले देशैभरी प्रतिकार गर्ने बताए ।