प्लाष्टिकको झोलामा शिशुको शव फेला

 

काठमाण्डौ –

लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव भेटिएको छ ।

सांग्रिला होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।

शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस