बझाङ –
बझाङमा मोटरसाइकल दुर्घटना हुँदा वडाअध्यक्षसहित दुई जना घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिका – ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइकल पल्टिँदा वडा नम्बर ७ का वडाध्यक्ष हरिचन्द्र जोशी र सदस्य नरेश महर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी भैरहेको छ । अहिले दुवै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ । मोटरसाइकल वडा सदस्य नरेश महरले चलाएक थिए ।