olux

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण जिम्मा हाज्मालाई, सवा १३ अर्बमा लियो ठेक्का

 

काठमाडौं–

बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला (४.५१ किमि) सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ ।

हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग बनाउनेछ ।  सडक विभागका अनुसार सुरुङमार्ग निर्माणका लागि चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा र आन्दोलाई जिम्मा दिन लागिएको सडक विभाग वैदेशिक महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस