५८ लाखसहित एक भारतीय पक्राउ

सिमरा :

भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा बारा प्रहरीले करिब ५८ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बाराको सुवर्ण गाउँपालिका ७ स्थित नेपाल-भारत सीमा क्षेत्रबाट प्रहरीले भारतीय नागरिक वृजकिशोर कुमारलाई ५७ लाख ७९ हजार ४९० रुपैयाँसहित पक्राउ गरेको हो। उनले शरीरका विभिन्न भागमा लुकाएर पैसा बोकेका थिए।

भारतबाट नेपाल पैसा ल्याउदै गरेको सूचना पाएपछि सीमा क्षेत्रमा सुवर्ण गाउँपालिकाको बड्की फुलवरिया प्रहरी चौकीका प्रहरीले चेकजाँच गरेका थिए।

बीआर एसी ४४८६ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनले दुबै खुट्टा, तिघ्रा, कम्मरमा बाधेर र हेल्मेटको भित्रि भाग, मोटरसाइकलको डिकी र लुगाको गोजीमा रकम लुकाएर नेपाल ल्याउदै गरेको अवस्थामा पक्राउ परेको बाराका प्रहरी प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए। पक्राउ परेका व्यक्तिले रकमको स्रोत खोल्न नसकेपछि पक्राउ गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका व्यक्तिलाई नगदसहित छानबिन र कारवाहीको लागि पुल्चोकस्थित सम्पती शुद्धिकरण अनुसन्धान विभागमा पठाइएको राठौरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस