नेपाल मगर सांस्कृतिक संघ प्रदेश ५ ले सङ्गठन विस्तार गर्ने ।

प्रेम विवश घर्ती मगर २९ जेठ दाङ । नेपाल मगर सांस्कृतिक संघ प्रदेश नम्बर ५ को तदर्थ समितिको बैठक आज दाङ को घोराही मा सम्पन्न भएको छ । नेपाल मगर संघ प्रदेश नम्बर ५ का संयोजक खुमेन्द्र पुन को अध्यक्षता मा भएको बैठक ले प्रदेश नम्बर ५ को बाह्र ओटै जिल्ला मा सङ्गठन विस्तार गर्ने र सङ्गठन विस्तार भएका जिल्ला को केही स्थानिय तह मा पनि सङ्गठन को विस्तार गर्ने निर्णय गरेको छ ।

जस अन्तर्गत रुकुम पुर्व मा प्रदेश नम्बर ५ का सदस्य विकाश बुढा मगर को व्यवस्थापन तथा अन्य पदाधिकारी को उपस्थिति मा जिल्ला समिति गठन गर्ने, बाँके र बर्दिया मा प्रदेश सदस्य योगमाया घर्ती मगर को व्यवस्थापन मा, कपिलवस्तु मा प्रदेश सदस्य एल वि घर्ती मगर , अर्घाखाँची मा प्रदेश सदस्य कुसुम थापा मगर, गुल्मी मा प्रदेश सदस्य उदय पुन मगर , नवलपरासी मा प्रदेश सङ्गठन प्रमुख दिपु पुन मगर , रोल्पा मा प्रदेश सदस्य दिपिन थापा मगर को ब्यवस्थापन मा सङ्गठन विस्तार गर्ने निर्णय गरियो भने मगर बाहुल्यता भएको दाङ जिल्ला बाट दत्त बुढा मगर र रुपन्देही बाट सीता राना मगर लाई प्रदेश सदस्य मा मनोनीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस