पोखराको उत्तमचोकमा गोली चल्दा प्रहरीसहित २ घाइते।

पोखरा ।  पोखरा उत्तमचोकमा गोली चलेको छ । गोली चल्दा प्रहरीसहित लागुऔषधसहितका अर्का एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टी गरेको छ ।

स्थानियबासीका अनुसार लागुऔषधसहित भएका व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनले उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेका थिए । प्रहरीमाथि नै जाईलागेपछि बाध्य भएर प्रहरीले गोली चलाउनुपरेको बताईएको छ ।

घाईते प्रहरीलाई पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज गरिसकिएको र अर्का घाईते लागुऔषध कारोबारी भनिएका गोबिन्द थापालाई भने गण्डकी अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । आक्रमणमा उत्रिएपछि प्रहरीले उनलाई घुँडामुनी गोली हानेर नियन्त्रणमा लिएको थियो । थापासँगै भएका भनिएका अर्का एक जना व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस