पतंजली योग समिती दाङले गर्यो बजार सरसफाई।

तुलसीपुर, २८ जेठ ।।
क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर सरसफाई अभियान अन्तर्गत आज मंगलवार १४६ औं हप्ताको सरसफाई अभियान सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालीकाको आयोजनामा पतंजली योग समिती दाङको अगुवाई र विभिन्न सामाजिक संघ संस्थाको सहकार्यमा आजको सरसफाइ अभियान सम्पन्न भएको हो । साथै तुलसीपुर उद्योग वाणिज्य संघ, जेष्ठ नागरीक समाज, पूर्व प्रहरी सेगठन, ओम शान्ति, १९ न. बाहीनी लगाएतको समन्वय रहेको थियो ।

तुुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतको अध्यक्षता तथा पतंजली योग समितीका प्रदेश प्रभारी प्रेम शाह को प्रमुख आथित्यतामा एक औपचारीक कार्यक्रमका बिच भएको अभियान अन्तर्गत आज तुलसीपुर उपमहानगरपालीकाको कार्यालय हुँदै (ग) लाईन र (क) लाईन हुँदै बाहिनी चोकमा पुगेर समापन गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथी शाह ले आ–आफ्नो घर, पसल अगाडी सफा राख्न नगरवासीहरुलाई आग्रह गर्नुभयो । उहाँले अटेरी गर्नेलाई दण्डित र सधैं सफा राख्नेलाई पुरस्कृत गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहजीकरण तुलसीपुर उपमहानगरपालीकाका सुचना अधिकारी झरेन्द्र खरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस