मनोरञ्जन विक्की र भूमिको हरर फिल्मको फस्ट लुक सार्वजनिक

करण जोहरको हरर सिरिजको पहिलो फिल्मको नाम ‘भूत पार्ट वन’ हुने भएको छ।

फिल्ममा विक्की कौशल र भूमि पेडनेकर मुख्य भूमिकामा देखिने भएका छन्।

करण जोहरको धर्मा प्रोडक्शनबाट निर्माण हुन लागेको यस हरर सिरिज लामो समयदेखि चर्चामा थियो।

यस सिरिजलाई यसै वर्षको अन्त्यमा प्रदर्शन गरिने छ। फिल्म सत्य घटनामा आधारित रहको बताइएको छ। फिल्मको निर्देशन र लेखन भानू प्रताप सिंहको रहेका छ। यो

उनको पहिलो निर्देशनमा बन्न लागेको फिल्म हो। फिल्म निर्माता करण जोहर र शशांक खेतान रहनेछन्। करणले यस फिल्मको पहिलो पोस्टर आफ्नो इस्टाग्रामबाट सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस