एजेन्सी ।
मानिस प्रेममा जे गर्न पनि तयार हुन्छ । आम मानिस जस्तै बलिउड सेलेब्स पनि प्रेममा सबै गर्न तयार हुन्छन् । त्यसको उदाहरण हुन् अभिनेत्री परवीन बाबी। सो समय परवीन आफ्नो अभिनय करियरमामा टप थिइन् । उनि निर्माता महेश भट्टलाई चहान्थिन् ।
सन् १९७७ मा दुबैको प्रेम चर्चामा रहेको थियो । सो समय महेश भट्ट विवाहित थिए । परवीनले कबीर बेदीसँग सम्बन्ध बिच्छेद गरेकि थिइन् । सुपरस्टार परवीन र महेश लिभ इनमा बस्न सुरु गरेका थिए । दुवै एक – अर्काको यति नजिक भएकी दुई बीच मायाको मात्र स्थान रहेको थियो ।
दुबै एकै साथ कतै कार्यक्रममा देखिदा चर्चित कलाकार समेत हेरेको हेरै हुन्थे। घरमा परवीन साधरण गृहणि भएर काम गर्थिइन् उनिले महेशलाई पागलको रुपमा प्रेम गरेकी थिइन् । एक रात परवीनसँग आक्रोशित भएर महेश भट्ट घरबाट निस्कन्छन् । परवीन पनि उनको पछि कुद्छिन् । मायामा अन्धि बनेकी परवीन बिना कपडा नै महेशको पछाडि कुदेको भारतिय सञ्चार माध्यमले बताउने गरेका छन् । महेश भट्ट बलिउड अभिनेत्री आलिया भट्टका बुवा हुन् ।