प्रधानमन्त्रीसँग नर्वेका प्रधानमन्त्री र टर्कीका उपराष्ट्रपतिको भेटवार्ता

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जेनेभामा नर्वेका प्रधानमन्त्री इर्ना सोलबर्गसँग भेटवार्ता गरेका छन् । दुवै प्रधानमन्त्रीले भेटघाटका क्रममा दुई देशबीचको सम्बन्धका सबै पक्षमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरुबीच अन्तर्राष्ट्रिय मन्चमा आपसी सहयोग आदान प्रदान गर्ने बारेमा पनि छलफल भएको बताइएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीसँग टर्कीका उपराष्ट्रपति फाउट ओक्टेसँगपनि जेनेभामा भेटेका छन् । भेटका अवसरमा दुवै पक्षले व्यापार, पर्यटन, श्रम र कृषिका क्षेत्रमा सहयोग आदानप्रदानको लागि जोड दिएका थिए ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वीजरल्याण्डका गृहमन्त्री अलेन बर्सेटसँग सोमबार नै  शिष्टाचार भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस