विराटनगर ।
प्रदेश नम्बर १ सरकारले धरानमा डेंगीको महामारी नियन्त्रण गर्न दुई थान भेन्टिलेटरसहित ८० लाख रुपैयाँ विनियोजन गरेको छ । सोमवार प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री शेरधन राईले डेंगी संक्रमितको निःशुल्क उपचारका लागि रकम विनियोजन गरिएको बताए ।
उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत खर्च गर्ने गरी ५० लाख र महामारी न्यूनीकरण अभियान सञ्चालन गर्न ३० लाख रुपैयाँ छुट्याइएको हो । प्रदेश आपत्कालीन उद्धार कोषअन्तर्गत प्रदेश सरकारले बजेट तत्काल निकासा गर्ने भएको छ । धरानमा डेंगीको संक्रमितको संख्या ३६८ पुगिसकेको छ ।