तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा युवा सशक्तीकरण कार्यक्रम सम्पन्न।

पूर्ण के.सी

दाङ। तुलसीपुर उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयकाे अार्थीक सहयाेग तथा राप्ती बहिरा संघ दाङको अायाेजनामा युवहरुकाे सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माकाे शभाध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा नं.१३ का वडा अध्यक्ष डम्बरबहादुर न्याैपानेकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि न्याैपानेले युवा देश विकासका मेरुदण्ड तथा समाज विकासका साझेदार भएको हुँदा युवा सशक्त हुनु अाजकाे अावश्यकता भएको कुरामा जाेड दिए । साथै उनले युवा सुसङ्गतमा र सुलतमा लागे समाज सप्रिने र युवा कुलतमा लागे समाज बिग्रिने हुँदा युवा नै समाज र राष्ट्रकाे प्रतिबिम्ब झल्काउने ऐना भएको कुरा बताए । युवहरुकाे हरेक अावश्यकता काे पहिचान गरि अागामी वर्षहरुमा कार्यक्रमहरु विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रशिक्षकहरु झरेन्द्र खरेल, कृष्ण पुजारा, प्रतिमा शर्मा र देवा डाँगीले युवाहरुकाे उत्प्रेरणा, युवा सशक्तीकरणका अायामहरु,लागू पदार्थ दुर्व्यसन तथा साईवर क्राईम , लिङ्ग लैंगिकता र समावेशिकरण तथा युवाहरुकाे कर्व्य रभूमिकाका लगायतका विभिन्न विषयवस्तुहरुमा सहजिकरण गरेका थिए ।

उक्त अभिमुखिकरण कार्यक्रममा वडा सदस्यहरु विनाेद पाण्डे र कमला नेपाली , सहभागीहरु मध्येबाट विनिता वि.क र प्रेमकुमार वली लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ६७ जना व्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस