प्रहरी बिद्यालय सम्पर्क कार्यक्रममा श्रीगाउँ लाईफ भिजनका बिद्यार्थीहरुको सहभागिता।

पूर्ण के.सी दाङसमुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी बिद्यालय सम्पर्क कार्यक्रम आज ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रममा श्रीगाउँ लाईफ भिजनका बिद्यार्थीहरु सहभागी भएका थिए । प्रहरीले बिद्यार्थीहरुलाई कुनै पनि घटना भएमा कहाँ कसरी सम्पर्क गर्ने भन्ने बारेमा प्रशिक्षण दिएको बताईएको छ ।

बिद्यालयका शिक्षक यति राज अधिकारीको नेतृत्वमा पुगेका बिद्यार्थीले गाउँघरमा केही घटना भएमा प्रहरीलाई कसरी सम्पर्क गर्ने भन्ने कुरा सिकेका छन ।

प्रतिक्रिया दिनुहोस