भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्तावापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराए।

काठमाडौं- भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको छ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्तावापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिए। भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यसअघि नै २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतका राजदूत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए। उनले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि जिकिर गरे।

२०७२ साल बैसाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै जनधनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने बताउका थिए।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिव ७० प्रतिशत भन्दा बढी सम्पन्न हुनु सुखद् समाचार भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस