olux

मजुवा महायज्ञमा २१ लाख बढी संकलन।

आशिष के.सी.
तुलसीपुर, २६ जेठ ।
नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर–४ मजुवास्थित ठूलाखालीमा सञ्चालित महायज्ञमा २१ लाख बढी दान रकम संकलन भएको छ । महायज्ञबाट २१ लाख १४ हजार ८ सय ८३ दान संकलन भएको महायज्ञका आर्थिक संयोजक चेतराज सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार नगद १९ लाख ८६ हजार ९ सय १३ नगद र कलशबाट १ लाख २६ हजार ९सय ७० संकलन भएको छ ।

महायज्ञमा सबैभन्दा बढी तुलसीपुर–९ नयाँबस्ती निवासी धनबहादुर वलीले १ लाख ५० हजार १ सय ११, तुलसीपुर–४ रक्षाचौर निवासी तिलकराम वली र चन्द्रा वलीले १ लाख ११ हजार १ सय ११, तुलसीपुर–७ गणेशपुर निवासी मकर कुमारी बस्नेत १ लाख १ हजार १ सय ११, तुलसीपुर–४ मजुवा निवासी सुदिप खड्का, नोखमाया खड्का, रेसम विष्ट र युगा विष्टले संयुक्त रुपमा ५५ हजार ५ सय ५५, सोही ठाउँकै मित्रलाल खड्का र हिरा खड्काले ५१ हजार १ सय ११ र अन्य दानदाताहरुले पनि सहयोग गरेका थिए ।

यस्तै तुलसीपुर–७ डाँडापातु निवासी योगकुमारी केसीले तीन लाख बराबरको मन्दिर निर्माण सामग्री सहयोग गर्ने घोषणा गर्नुभएको छ । धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिरको स्तरोन्नतिका लागि आर्थिक संकलनार्थ महायज्ञको आयोजना गरीएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले बताए ।

जेठ १८ गते देखी सुरु भएको महायज्ञको आइतबार एक कार्यक्रका बिच समापन गरीएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमल्सिना रहेका थिए । महायज्ञमा संकलित रकम लक्ष्य नजिक पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस