दुईतिहाई सरकारको यो कस्तो समृद्धि।

१५ महिना बित्यो दुइतिहाइको सरकार छ
को चै खुसी छ ? देसको मेलोमेसो ठिक छ भनी को चै लगालग काम गरिरहेको छ !?
१. गरिब्का छोरी दिँउसै समातेर बलात्कार गरिन्छ !
२. सरकारी जग्गा आफ्नै नाउमा पास गरिन्छ !
३. पत्रकार्को मुख्मै रुमाल कोचन खोजिन्छ !
४. गुठी का जग्गा सबै बेची सकियो !
५. मन्दिर का जग्गाको हालत उस्तै छ !
६. सगरमाथाको टुप्पोमा गएको पर्यटक हस्त मैथुन गरिदिन्छ !
७. नागरिक बोले २४ घन्टा उल्टो हत्कडी लगाएर रात्भर नाइट्बसमा राखी सरिर्का लिगामेन्ट च्यातिने गरि हिरासत भित्रै र बटोमा कुटिन्छ !
८. याताक्षेत्रको सिन्डिकेट गिजोलेर गंजागोल पारियो !
९. ठेग्दारहरु सबै आन्दोलन्मा छन !
१०. प्रतिपक्षी कुनै मुद्दामा सपोर्ट गर्दैन ।
११. कर्मचारी देसै भर तहसनहस पारियो !
१२ न इन्जिनियर खुसी छ , नपरामर्सदाता , न नागरिक समाज , न युबाबर्ग , न सर्बसाधारण नै खुसी छ ।
अझै लेखौं >
अन्तरबार्ता दिन आएको मन्त्री सांसद कडा प्रस्न गरेकै निँउमा पत्रकार्को जागिर खोस्छ , बिचमै उठेर हिड्छ , चाख्लास पख्लास भन्छ , दुई तीन जना बोलाएको भए आफैं आफै कुखुराको भाले जस्तै जुदेर टिभी हेरि नसक्नु हुन्छ ।
काँग्रेस्लाइ,कम्लिस ,कम्लिसलाइ काँग्रेस अनि म तपाँइलाइ तपाईं मलाइ दस कोष परै डुङ्डुङ्ती गन्हाउनुहुन्छ भेट्को कोत कुरै छोइन , गर्दै नगरौं।
गाडिमा साइरन जडान छ सिंग्गो काठमाडौ घुम्न एक घन्टा लाग्दैन तर ८०/९० माथिको स्पिड्मा सर्बसाधारण लाई २० मिटर परबाटै हुंङ्कार देखाइ ठप्प पारिन्छ अनि यसो बाहिर जान परे आकासै ठप्प हुन्छ अनि हुँइकिइन्छ , कता गइन्छ , के गरिन्छ ,किन गरिन्छ अँह जनताले न हेर्न पाउँछन् , न सोध्न पाउँछन् , न देखिन पाउँछन् !
बजेट आयो दाल बड्यो, चामल बड्यो , तेल बड्यो , नुन बड्यो , तर्कारी बड्यो , इन्धन बढ्यो , बैंकको ब्याज बड्यो , कर्मचारिको तलब बढ्यो केके बड्यो बड्यो !
बृद्दभत्ता पनि बड्यो ¡¡¡¡
देसका ठुला सहरमा आलिसान घर, ती घर्बाट लाखौं भाडा लिई टप्को फ्ल्याटबाट तल्तिर सम्म निक्लन नपर्ने बुढाबुढीको छोरो युरोप, अमेरिका , क्यानडा तिर छ गिलो आची मात्र आए आफ्ना माता पितालाइ दुनियाको कुनै पनि कुनामा पुर्याएर उपचार गर्छ तिन्लाइ के काम यो भत्ताको ??
तेइ भत्ता जुन भत्ता ले साँझ खान छोइन , आँङ्मा नाना छैन , सिटामोल पाँउन ५/६ घन्टा पैदल हिड्न पर्छ , आफू ५०/५५ नपुग्दै दम ,सुगर , थाइराइड , क्यान्सर , प्रेसर आदि थुप्रै समस्याले ग्रसित छ छोरा छोरी छन तर सबै असिक्षित छन , खेत्बारी आँखै अगाडि बाँझिएका छन , दुख सुख जोतेर लगाएको बाली खडेरिले अल्पायुमै पराल बनाँई दिएको छ , गोठमा भएको दुइटाबाख्रा , तिन्का पाठापाठी , ठिटो गाइ/ भैंसी , खोरको चल्ला , गुँडका परेवाले बर्सौ भयो जुका ,नाम्ले र बाह्य परजिबी बिरुद्दको औषधि नपाएको !!
चारैतिर निरासै निरासा छ खानामा मर्चा हालिएको जाँड वा कडा रङ चियापत्ती साथमा खोस्टामा बेरिएको सुर्ति खाँदाखाँदा फोक्सो आधा कुहि सकेको छ , लिभर्ले पचाउन सक्दैन , किड्निको तिन्टै पोलमा स्टोन छ वा किड्निमा पानी भरिएको छ झोलिलिएको छ फोका उठेको छ , मुटुका दुइटा भल्ब ले काम गर्न छोडेको निकै भयो ।
उकालो ओरालो नगरी खान पाइन्न , तेइ बढेको बृद्द भत्ता हिजो हातमा पाइन्थ्यो आज बैंकमा गै आई गर्न डोकामा बोकिएर जानू परेको छ एक दिन खर्चन पर्छ उस्तै परे दुई दिन , भरियाले सित्तै लाँदैन खाजा पानी र पारिश्रमिक !!! संझदा सम्झदै त्यो ५०/५५ बर्से बृद्द बृद्दाले कैले ७० देख्नु र लिनु सरकार्को सुबिधा ?? ६० नपुग्दै उस्को माथिको टिकट आइसकेको हुन्छ हैनर ??
भन्न खोजिएको बुझ्नु भयो होलानी ??
देसमा कम्युनिस्ट को शासन छ गाँउगाँउ सिंहदर्बारले लपक्कै ढाकिएका छन । यो बृद्द भत्ता मात्रै वास्तविक गरिब र असहायलाइ रु १० हजार दिन सके के बिग्रन्छर ?? तिन्को स्वास्थोपचार फृ गर्न सके के बिग्रन्छर ? तिन्का सन्तान्लाइ फृ सिक्षा दिए के बिग्रन्छर ?
खै म उस्को कि मेरो मगज जताततै उस्तै देख्छु , कस्तो भन्दा सम्मृद्दी आँउदै छ रेनि भम्छन सुन्छु अनि नौनारी गलेर आँउछन । यो कस्तो सम्मृद्दी हो खुब सोच्दछु अनि भन्छु कस्तो कस्तो !!
धन्यबाद
खतिवडा योगेन्द्र
तेह्रथुम ।

प्रतिक्रिया दिनुहोस