आफ्नो कथा ब्यथा, पिडा साटेर मन हल्का बनाउने ठाँउ गित संगीतनै हो:बुढाथोकी

नेपाली सांगेतिक क्षेत्र धेरै कला गलाले सजिएको निकै शुन्दर क्षेत्र हो। सायद गित संगीतको साथमा नरहने मान्छे ढुंगाको मन भाको होला नत्र सत प्रतिशातले गित संगीतलाई हृदयदेखिनै रुचाउँछन्। आफ्नो कथा ब्यथा पिडा रोदन पोख्ने र पिडा साटेर मन हल्का बनाउने ठाँउपनि गित संगीतलाईनै लिईन्छ। अनित सबै गित संगीत क्षेत्रको नजीक हुन्छन्। आफ्नो सांगीतिक र सिर्जनशील क्षमतालाई प्रष्ट रुपले देखाउने ठाँउपनि हो गित संगीत मुख्य हो। रत साहित्य र सांगीतिक चाहाना र क्षमता भएको मान्छे जहाँ भएनी जस्तो अवस्थामा भएनी आफ्नो कला सिर्जनालाई प्रस्तुत गरेको देखिन्छ। यस्ले गर्दा हरेक ठाँउका परिवेश अनि हरेक ब्याक्तीका जिबन्त भोगाईहरु सबैले साट्ने अबसर पनि मिलेको हुन्छ। गित संगीतको सबल प्रभाव परेर पनि होला सांगीतिक क्षमताहरु केन्द्रमा मात्र नभएर आफू जहाँ भईन्छ तेहिबाट सिर्जित र प्रस्तुतीकरण भैरहेका छन्। आज यसैको ज्वलन्त उदाहरण एउटा सांगीतिक सशक्त जीवन प्रस्तुत गर्दै छौँ। 

बुवा खड्क बहादुर बुढाथोकी र आमा जानकी बुढाथोकीबाट २०३८ शाल मंसिर २१ गते जन्मिएका हिक्मत बुढाथोकी ( प्रेम) सानैदेखी सांगेतिक रसपानमा निकै रुचि राख्थे। संगीतमा मात्र नभएर साहित्यमा पनि रुचि र दखल राख्ने हिक्मतले संगीत सुन्ने साहित्य पढ्ने मात्र नभएर आफुलेपनी सिर्जना गर्न निकै प्रयास गरेको उनी बताउँछन्। भनिन्छ इच्छाशक्ति बाटनै सबै क्षमताको जन्म हुन्छ। हुनपनी हो संसारमा जति क्षमतावाण मान्छेहरु छन् ती सबै इच्छाशक्तिको तागतले सफल सर्जक हुन्छन्। नेपाली सांगीतिक क्षेत्रभित्रमा पनि इच्छाशक्ति भएकै ब्यक्तिहरु सबल अनि सफल सर्जक बनेका छन्। विकट निकट ठाँउ बस्ती भएकाले तीब्र इच्छाशक्ति भएनी सांगेतिक मर्मको बिधि बिधान सिक्ने अवसर र मौका हिक्मतलाई मिलेन उनी बताउँछन्। उन्को बाल्यकालमा नेपाली सर्जकका सार्वजनिक भएका गित संगीत सुन्ने साधन पनि रेडियो र क्यासेट बाहेक अरु नभएको उनी बताउँछन्। तर पनि यिनै दुई साधन बाट हिक्मतले थुप्रै गित संगीत सुन्ने र सुनेर सिक्न सकिने आधार भरी उन्ले सिक्थे। आधुनिक गितमा पिडा र भावना बढी हुनेभएकालेनै होला उनी लोकदोहोरी भन्दा आधुनिक पारखी हुन्थे र आधुनिक बिधामा उन्को ध्यान बढी थियो। उन्ले स्कुल जांदा, घाँस दाउरा जादा अनि उकाली ओराली गर्दा पनि बजारमा सार्वजनिक भएका आधुनिक गितहरु गुनगुनाउंथे। उनी भन्छन् चाहाना र इच्छाशक्ति आफुले गर्ने भन्दा आफै जन्मिदोरहेछन्। जुन चाहाना र इच्छाशक्ति आफ्नो उमेर संगै झन्झन् बढ्दै गैरहेको हुन्थ्यो। बजारमा कुन गित चलेको थियो, कुन सर्जक अनि कुन गायकको गित सार्वजनिक भएको छ यी सबै कुरा हिक्मतले लेखाजोखा गरिरहन्थे। उमेर शितै हिक्मतलाई पनि आफुले सिर्जेका सिर्जना बजारमा ल्याउन निकै चाहाना थियो। तर उन्लाई त्योबेला सांगीतिक प्राबिधिक जानकारी र आर्थिक अभावको कारण आफ्ना सिर्जना बजारमा ल्याउन सक्ने स्थिति थिएन। तर उन्को इच्छाशक्ति र चाहानामा कत्ती गिरावट आएको थिएन। हिक्मतको रुकुमको बसाई पनि टुंगियो जोकी हिक्मतका सबै परिवार रुकुम बाट दाङ बसाइँसराइ गरे। रुकुम भन्दा दाङ अलि सुगुम पनि हो रत गित संगीत प्राप्त गर्न र सिर्जना गर्न उन्लाई झन् सहज भएको थियो। तर आर्थिक स्थिति उस्तै हुँदा उन्ले आफ्ना सिर्जना बजारमा ल्याउने स्थिति थिएन। यसैक्रममा उनी वैदेशिक रोजगारको लागि बिदेश हानिए। बिदेशमा केही कमाई भएसी उन्ले आफ्नो पहिलो आधुनिक एल्बम बजारमा निकाले। उन्को पहिलो एल्बम हजारौंले रुचाए। रत यसैको प्रतिफल उन्ले अरुका गितमा शब्द दिन लागे। र उन्ले विभिन्न परिवेशमा आधारित दर्जनौं आधुनिक एल्बम बजारमा ल्याए। र केही एल्बम सार्वजनिक हुनेक्रममा छन्।

उन्का बजारमा निकै लोकप्रिय केही आधुनिक गितहरु यी हुन्। हेर्न सक्नुहुनेछ।।।

तिमी खुसी।

दशैं आयो तिहार आयो।

मन पराउने धेरै भए।

आफ्नै सम्झी ।

मन पराउने धेरै भए।

प्रतिक्रिया दिनुहोस