तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ काे अार्थीक सहयोग तथा राप्ती बहिरा संघ दाङकाे अायाेजनामा तुलसिपुर उमनपा वडा नं.१३ फुलबारी दाङमा बालबालिकाहरुकाे सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयाे ।
तुलसिपुर उपमहानगरपालिका वडा नं.१३ का वडा सदस्य कमला नेपालीकाे प्रमुख अातिथ्यता तथा राप्ती बहिरा संघ दाङका अध्यक्ष अजयकुमार शर्माकाे शभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेपालीले हरेक बालबालिका समाजमा सम्मानपुर्वक बाँच्न पाउनु पर्ने उनिहरुकाे नैसर्गिक अधिकार भएको हुँदा उनिहरुकाे अधिकारकाे संरक्षण गर्नका लागि वडा नं.१३ लाई बालमैत्री वडा बनाउनका लागि अाफुहरुले लागि पर्ने कुरामा जाेड दिनु भयो ।
उक्त अभिमुखिकरण कार्यक्रमका प्रशिक्षक झरेन्द्र खरेल,प्रतिमा शर्मा र देवा डाँगीले बाल अधिकार,बालविवाह ,बाल श्रम शाेषण तथा किशाेर किशोरीहरुकाे याैन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा छलफल गराएका थिए ।
उक्त कार्यक्रममा अाधारभुत विद्यालय बराह खुटिका प्रअ रेशमबहादुर नेपाली र जनज्योति मावि रनियनपुरका शिक्षक अाेविलाला अाेलि , अस्मिता नेपाली दिनेश गिरी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममामा ६५ जनाकाे सहभागीता रहेकाे थियाे ।