ठमेल परिसदको चुनाव सम्पन्न बिजयमा राणा,(मत तालिका सहित)

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको अन्तिम नतिजा आज विहान प्रकाशित भएको छ ।निर्वाचनको नतिजा अनुशार ३३३ मत सहित प्रकाश नरसिंह राणा अध्यक्षमा बिज यी भएका छन भने उनका प्रतिद्वन्दी अर्जुनलाल प्रधान २१३ र तेस्रो हुने वर्तमान अध्यक्ष समेत रहेका समिर गुरुङ्ले ३६ मत ल्याएका छन।

त्यस्तै उपाध्यक्षमा भविस्वर शर्मा,राजुमान डङ्गोल्, र गिता गुरुङ विजयी भएका छन ।

त्यस्तै महासचिवमा २८१ मत सहित धुर्व अधिकारी विजयी भएका छ्न भने महासचिवका प्रतिद्वन्दी २३१ मत ल्याएका छन ।

सचिवमा बद्रीप्रसाद तिमल्सिना विजयी भएका छ्न भने कोसाध्यक्षमा पुण्यराम लागेजु निर्वाचित भएका छ्न ।

दिनेश श्रेष्ठ , राजेन्द्र दुवाल्, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्मा घले, केशव बस्नेत र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन ।

निर्वाचनमा ठमेल क्षेत्रका करिब ८ सयभन्दा बबढी व्यवसायी आवद्ध छन् ।

१ अध्यक्ष : प्रकाश नरसिंह राणा
२ उपाध्यक्ष : राजुमान डंगोल
३ उपाध्यक्ष : भविश्वर शर्मा
४ उपाध्यक्ष : गीता गुरुङ
५ महासचिव : ध्रुव अधिकारी
६ सचिव : बद्रि प्रसाद तिमिल्सिना
७ कोषाध्यक्ष : पुण्यराम लगेजु
८ सदस्य : दिनेश श्रेष्ठ
९ सदस्य : राजेन्द्र दुलाल
१० सदस्य : केशव बस्नेत
११ सदस्य : सुरेन्द्र श्रेष्ठ (राजन)
१२ सदस्य : कर्मा घले
१३ सदस्य : स्वप्नील शर्मा
१४ सदस्य : रुपेश गुरुङ १५ सदस्य : नरेन्द्र ब श्रेष्ठ

प्रतिक्रिया दिनुहोस