फुटसलको उपाधी पब्लिक ज्ञानज्योतिलाई।

लक्ष्मण बस्नेत
जेठ २५ दाङ !
दाङको तुलसीपुरमा संचालित अन्तर बिधालय स्तरिय फुटसल प्रतियोगितामा २०७६ को उपाधी पब्लिक ज्ञानज्योती तुलसिपुरले हात पारेको छ !
तुलसिपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालित प्रतियोगिताको फाईनलमा गोरखा माबी तुलसिपुरलाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै पब्लिक ज्ञानज्योतिले उपाधी उचालेको हो ! उसले उपाधी सगै नगद १५ हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्‍यो ! फाइनलमा पराजित गोरखा भने उपबिजेतामा चित्त बुझाउदै नगद १० हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्‍यो ! उल्लेख्य दर्शकका बिच भएको रोमाञ्चक अनि शानदार खेलको पहिलो हाफ्मा गोल रहित बराबरी भएपनी दोस्रो हाफ्को सुरुवातमै पब्लिक ज्ञानज्योतिका जर्सी न ७ का हरि बुढामगरले पहिलो र १२ औ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई २ – ० को जित दिलाउन सफल भए ! प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा रास्ट्रीय रेफ्री शिवहरी शर्मा र प्रकाश बिश्वकर्मा रहेका थिए !


बिधालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका निजि तथा सामुदायिक बिधालय गरि २० टिमको सहभागिता रहेको थियो !
प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठको अध्यक्षता एवं तुलसिपुर उपमहानगरपालिका शिक्षा युवा खेलकुद सयोजक अमर नेपाली माईकलको प्रमुख आतिथ्यमा भएको थियो ! कार्यक्रमको संचालन भुपेश डागिले गरेका थिए !

प्रतिक्रिया दिनुहोस