को हुन् ठमेल विकास परिषद् निर्वाचनमा प्रधान समूहबाट सदस्य म्मेदवार श्रेष्ठ ?

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को नयाँ कार्यसमितिका लागि अाज जेठ २५ गते निर्वाचन हुँदैछ । सोही निर्वाचनमा अर्जुन लाल प्रधान समूहबाट सचिव पदका उम्मेदवार विनोद श्रेष्ठ हुनुहुन्छ जसले विगत २ दशकभन्दा बढी ठमेलमा पर्यटन व्यवसाय गर्दै आउनु भएको छ ।
उहाँमा नेपालको वाम र लोकतान्त्रिक आन्दोलनका मोर्चाहरूमा खटेर काम पनि गरेको अनुभव छ ।
उहाँले व्यवसायमा संलग्न भएदेखि नै ठमेलका पर्यटन व्यवसायी, घरधनीहरुसँग राम्रो सम्बन्ध कायम् गर्दै आउनु भएको छ भने ठमेलका पर्यटन व्यवसायीका समस्याको राम्रो पहिचान गरी समाधान पहिल्याउने सामथ्र्य समेत । सबैसँग मिलनसार व्यवहार तथा मृदुभाषी भनेर चिनिने  श्रेष्ठले आयोजना हुने विभिन्न सामाजिक कार्यमा हरेक पटक आफ्नो उपस्थिति जनाएर योगदान गर्दै आउनु भएको छ । उहाँसँग पर्यटन व्यवसायीका समस्यालाई नजिकबाट बुझ्ने सामथ्र्य त छ नै साथै ठमेल र आसपासका भौतिक र सामाजिक अप्ठ्यारालाई उत्तिकै बुझेर न्युनिकरणमा विशेष चासोका साथ लागि रहनु भएको छ ।
त्यसैगरी विगत एक दशकदेखि नेपाली पर्यटन व्यवसायीका रूपमा विश्वका दर्जनौं देश घुमेर नेपाली उत्पादनलाई अन्तराष्ट्रिय क्षेत्रसम्म पु¥याउन विनोद श्रेष्ठको प्रयास रहँदै आएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आउँदो चुनावमा उहाँले अर्जुनलाल प्रधानको प्यानलबाट सचिवका रूपमा उमेद्वारी दिँदै गर्दा यी उल्लेखित कुरालाई निरन्तरता दिँदै आगामी दिनमा पनि ठमेलको हकहित र पर्यटन व्यवसायको संवद्र्धनका लागि कटिबद्ध भएर चुनावी अभियानमा लाग्नु भएको छ । परिषद्का पूर्व पदाधिकारीले समेत उनको उम्मेदवारीले एक सक्षम नेतृत्व प्राप्त गर्नेकुरा बताउँदै आउनु भएको छ भने अबको कार्यसमितिमा उहाँले ठमेलको पर्यटन व्यवसायको विकासका लागि उहाँको उपस्थित अनिवार्य रहेकोले उहाँलाई ठमेलका पर्यटन व्यवसायी तथा घरधनीहरुले नेतृत्वको जिम्मेवारी दिनु पर्ने सुझाउनु हुन्छ ।
विनोद श्रेष्ठ एक युवा पर्यटन व्यवसायी भएकाले नयाँ व्यवसायीलाई प्रोत्साहन गर्दै पुराना व्यवसायीहरुको मागलाई सम्बोधन गर्न ठमेलको हकहितमा सदा समर्पित एक सक्षम व्यक्तित्व हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस