बाल्टीको पानीमा डुबेर अचेत भएको अबस्थामा बालिका भेटिईन्।

दाङ २४ जेठ ।।
दाङको तुलसीपुरमा पानीमा डुवेर अचेत भएकी ११ महिनाकी शिशुलाई अस्पताल भर्ना गरिएको छ । तुलसीपुर उपमहानरपालिका वडा नं. १७ वनकट्टामा आज ११ महिनाकी शिशु सुशिला चौधरी बाथरुममा रहेको बाल्टिनको पानीमा डुबी बेहोस भएपछि अस्पतालमा भर्ना गरिएको हो ।

अचेत अवस्थाकी बालिकाको हाल तुलसीपुर स्थित तुलसीवाल हस्पिटलमा आईसियूमा राखेर उपचार भइरहेकेको अस्पताल प्रशासनले जानकारी दिएको छ । क्रिमलाल चौधरीकी ११ महिने छोरी सुशीला बामे सर्दै घरको बाथरुमा रहेको बाल्टिङमा डुवेर बेहोस अवस्थामा फेला परेको आमा मिना चौधरीले बताउनुभयो ।

हाल बालिकालाई आईसियूमा राखेर उपचार भइरहेको छ । बालिकाको अझै होस नआएको तथा अवस्था चिन्ताजनक रहेको बालरोग विशषेज्ञ डा.किशोर खत्रीले जानकारी दिनुभयो ।।

प्रतिक्रिया दिनुहोस