तुलसीपुर जेठ २४ ।
तुलसीपुर उपमहानरपालीकाले आगामी आर्थिक बर्ष २०७६÷ ७७ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दुईसय ७२ बुदाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी बर्षलाई सडक बर्षका रुपमा लिईएको उल्लेख गर्नुभयो ।
सार्वजनिक आगामी वर्षको नीति तथा कार्यक्रम मार्फत् नगरले तुलसीपुर उपमहानगरपालीकाका सम्पूर्ण क्षेत्रलाई यातायात सञ्जालले जोड्ने र नगरले निमार्ण गरेको सडक यातायात गुरु योजना कार्यान्वयन गर्ने तथा कार्यान्वयनका लागी सडक तथा पूर्वाधार विकास प्राधिकरण स्थापना गरिने र पहिलो बर्षमा ६० किलो मिटर सडक कालोपत्रे गरिने नगर प्रमुख घनश्याम पाण्डेले बताउनु भयो ।
अपाङगता भएका व्यक्तिहरुका लागी घुम्ती शिविर सञ्चालन गरि परिचयपत्र वितरण गरिने तथा ८० बर्ष माथिका जेष्ठ नागरीकको लागी आगामी बर्ष नेपाल भ्रमणका रुपमा प्रदेश ५ मा रहेका सम्पूर्ण पर्यटकीय स्थल तथा तिर्थस्थलहरुमा भ्रमण गराईने नगर प्रमुख पाण्डेले बताउनु भयो ।
नगरले सार्वजनिक गरेको निति तथा कार्यक्रममा वेरोजगार युवाहरुका लागी पनि स्वरोजगार बनाउन विभिन्न कार्यक्रमहरु ल्याईएको छ । उपमहानगरभित्र मेयर उद्यमशिलता तथा युवा उद्यम कार्याक्रम सञ्चालन गरिने भएको छ । यस्तै निजि क्षेत्र , सहकारी संस्था र उद्योग वाणिज्यसंग मिलेर तालीमहर प्रदान गर्ने तथा युवा व्यावसायीक कृषकका लागी कार्याक्रमहरु सञ्चालन गरिने छ ।
यस्तै मेयर कृषि तथा पशु विकास कार्यक्रम मार्फत नगर भित्रका सम्पूर्ण कृषकलाई व्यवसाय तर्फ उन्मुख बनाईने छ । आगामी ३ बर्ष भित्रमा नगरका सबै वडामा कृषि साम्रागी, मल, विउ, संकलन तथा बिक्रि केन्द्र सहकारी मार्फत सञ्चालन गरिने भएको छ ।
निति कार्यक्रममा उपमहानगरपालिका भित्र हरेक छोरीलाई जन्मेदखि एकसयका दरले बार्षिक १२ सय रुपैँया दिने उल्लेख छ । उपमहानगरपालिकाले दिएको उक्त पैसा बैंक खातामा जम्मा हुने र २० बर्ष नपुग्दै बिहेगरेपछि भने उक्त रकम उपमहानरपालिकाको कोषा फिर्ता हुने नीति सार्बजनिक गरेको छ ।
त्यस्तै ५० प्रतिशतसम्म नगद लागत सहभागिता जुटेमा १५ दिनभित्रै कुनै पनि योजना सञ्चालन गर्ने, जग्गा खण्डिकरण रोक्ने, शहर ब्यबस्थित गर्ने, सबै घरमा स्वच्छ पानी पु¥याउने, फोहरलाई मोहरमा बदल्न फोहोरमैला प्रसोधन केन्द्र स्थापना गरिने नीति उपमहानगरपालिकाले अघि सारेको छ ।।