काठमाडौं । ठमेल पर्यटन विकास परिषदको महासचिव पदमा ध्रुव अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी २ वर्षे कार्यकालका हुने शनिबार हुने निर्वाचनमा अधिकारीले महासचिव पदमा उम्मेदारी घोषणा गरेका हुन् ।
विगत २ दशक भन्दा बढी समयदेखि ठमेलको पर्यटन विकासमा सक्रिय अधिकारीले सुन्दर र व्यवस्थित ठमेल निर्माणका लागि आफु उम्मेदवार बनेका बताए ।
‘ठमेललाई स्वदेशी तथा विदेशी पर्यटकहरुको निर्विकल्प गन्तव्यका रुपमा स्थापित गराउन मैले परिषदको चुनावमा महासचिवमा उम्मेदवारी दिएको हुँ’, अधिकारीले भने ।उनले ठमेलसँग आफ्नो नङ र मासुको जस्तै सम्बन्ध रहेको पनि बताए । ठमेलमा भिआईप पब सहित अधिकारीले स्पा,लगायतका आधा दर्जन भन्दा बढी क्षेत्रमा लगानी गरेका छन् ।
उनले ठमेलको गरिमा बढाउन आफुलाई मतादन गर्न आग्रह पनि गरे । शनिबार हुने निर्वाचनमा ठमेल क्षेत्रका करिब ८ सय व्यवसायीले मतदान गर्नेछन् ।
नयाँ नेतृत्वका लागि ३ वटा प्यानल चुनावी मैदानमा खडा भएको छ ।