अध्यक्ष ढकालद्वारा क्याम्बोडियाका प्रधानमन्त्री हुनसेन सँग भेटबार्ता।

काठमाडौं ।नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन संग भेट गर्नु भयको छ । नोम पेम स्थित अति बिशिष्ट अतिथिहरुलाई भेटघाट गर्ने पिस प्यालेसमा भयको भेटमा क्षेत्रीय तथा अन्तराष्ट्रिय समान मुद्धाहरुमा सरकार र नागरिक समाजको सहकार्यको बारेमा कुराकानी भयको अध्यक्ष ढकालको स्वकीय सचिबालयले जनायको छ । साथै दुइ मित्र राष्ट्र बिचको आपसी हितको बारेमा पनि छलफल भयको थियो । इन्टरनेशनल अशोसियशन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि – एशिया प्रशान्त क्षेत्र) का अध्यक्ष समेत रहेका ढकालले एशिया प्याशिफिक समिटको प्रतिबेदन पनि प्रधानमन्त्री हुन सेन लाइ हस्तान्तरण गर्नु भयो । प्रधानमन्त्री हुन सेन ले एशिया प्याशिफिक समिटले विश्वमा शान्ति, भातृत्व, मेलमिलाप र एकताको संदेश दिन सफल रहेको बताउदै नेपाललाई बधाई दिनु । आइएपिपि क्याम्बोडियाको निमन्त्रणामा दुइ दिने क्याम्बोडिया भ्रमणमा रहनु भयका ढकालले उप- सभामुख ख्ह्वोन सुन्दरी लगायतका नेताहरुसंग पनि छलफल गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस