राणासापको समुह अाक्रमक तरिकाले उत्रीयो मैदानमा कोको छन् त समुहमा (नाम सुचि सहित)

राणाको प्यानलबाट अधिकारी परिषदको महासचिवका प्रत्यासी काठमाडौं, २३ जेष्ठ – देशको प्रमुख पर्यटकिय क्षेत्र ठमेलको विकास र ठमेल क्षेत्रका पर्यटन ब्यवसायीहरुको हक र हितका निम्ती महत्वपूर्ण भूमिका खेल्ने साझा मंचका रुपमा रहेको ठमेल पर्यटन विकास परिषदको निर्वाचन नजिकिदै जादा ठमेलका ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ । परिषदको आसन्न चुनावका लागि ब्यवसायीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् । यसै माझ युवा पर्यटन ब्यवसायी ध्रुब अधिकारी प्रकाश नरसिह राणाको प्यानलबाट परिषदको महासचिवमा भिडने भएका छन् ।

राणाको प्यानलबाट को को उठदै छन् ?

अध्यक्ष -प्रकाश नरसिह राणा

उपाध्यक्ष – राजुमान डङ्गोल – भविश्वर शर्मा – गीता गुरुङ महासचिव – ध्रुब अधिकारी

सचिव – दवाङग तामाङ

कोषाध्यक्ष – राजकुमार थपलिया

सदस्य – कर्मा घले – राजेन्द्र दुलाल – केशब बस्नेत – राजन श्रेष्ठ – दिनेश श्रेष्ठ – स्वप्निल शर्मा – रुपेश गुरुङ – महेशराज कोइराला

प्रतिक्रिया दिनुहोस