महायज्ञमा करीब १० लाख दान संकलन।

तुलसीपुर, २३ जेठ
नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर ४ मजुवा ठुलाखालीमा जारी महायज्ञमा दैनिक दानदाताहरुको संख्या बढेको छ । महायज्ञमा आज बिहिबार सम्म नगद र कलशबाट गरी ९ लाख ५६ हजार ९७ दान संकलन भएको महायज्ञका आर्थिक संयोजक चेतराज सिङ ठकुरीले जानकारी दिनुभयो ।

शनिबारदेखि शुरु भएको महायज्ञमा आज सबैभन्दा बढि तुलसीपुर ९ नयांबस्ती निवासी धन बहादुर वलीले १ लाख, ५० हजार, १ सय ११ रुपैयां दान गर्नुभएको छ । त्यसैगरी तुलसीपुर ४ मजुवा निवासी चेतराज सिङ ठकुरीले २५ हजार, ५ सय ५५ सोही ठाउँ निवासी गणेश बहादुर वलीले २३ हजार, १ सय ५ दान गर्नुभएको छ । धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागी आर्थिक संकलणार्थ महायज्ञको आयोजना गरीएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले बताउनुभयो ।

महायज्ञ जेठ २६ गते आइतबारसम्म संचालन हुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञबाट करिब एक करोड संकलन गर्ने लक्ष्य रहेको छ । महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमिल्सीना रहनुभएको छ ।

महायज्ञमा दैनिक भजनकीर्तन, झाँकी तथा नाटक प्रस्तुत गरीनुका साथै विभिन्न धार्मीक कार्यहरु चौरासी पुजा, लाखबती, विवाह, व्रतबन्ध, व्रत सांगिता, भूमिदान, तुलादान, गौदान लगाएतका कार्यहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस