दाङ पहिलो प्राथमिकतामा खाने पानी: मन्त्री मगर

दाङ । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले दाङलाई खानेपानीको दृष्टिकोणले प्रथामिकामा राखेको बताएकी छन् । खानेपानी संजाल दाङले आयोजना गरेको एक दिने अभिमुखीकरण गोष्ठिलाई सम्बोधन गर्दै उनले संघिय संसदमा छलफलका क्रममा समेत दाङको खानेपानीको सवालमा कुरा उठ्ने गरेको बताइन । विना तलवका उपभोक्ता समूहले स्थानीय तहमा सरकारको काम गरी रहेको बताउदै मन्त्री ४२ हजार उपभोक्ता समूहको प्रशंसा गरिन । उपभोक्ता समूहले तलब नलिएपनि सरकारका योजना कार्यान्यन, उपभोक्तालाई पानी पु¥याउने सरकारको लक्ष्य प्राप्तीका लागि सहयोग गरेर जनतलाई सरकारको अनुभूति दिलाएको बताउनुभयो । खानेपानी मन्त्रालय नयाँ योजनाको खोजी र सम्भाव्यतको अध्यनमा नया रोड म्याप बनाएर लागि परेको बताइन ।
त्यसैगरी कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टीका सचेतक शान्ता चौधरीले दाङको विकास र समृतिका लागि सबै जनप्रतिनिधिहरु एक भएर लागेको बताइन । विकास गर्न नसकेको आलोचना भइरहदा सचेतक चौधरीले कांग्रेस र कम्युनिष्ट पार्टीबाट प्रतिनिधित्व गर्ने सबै सांसदले दाङको समृद्धिका लागि काम गरिरहेको बताइन् । सो अवसरमा राष्ट्रिय सभा सदस्य कोमल वलीले दाङमा खुलेको सिमेन्ट उद्योगका कारण दाङ मरुभूमि बन्ने खतरा रहेको बताइन् । पानीलाई संचित गरेर राख्ने चुनढुङ्गा नै उत्तखन गरिदा पानीको संकट पर्ने भन्दै सदस्य वलीले अन्तत्वगत्वा दाङका मरुभूमि बन्ने खतरा रहेको बताइन । देशका सबैभन्दा बढी चुन ढुङ्गगा उत्खननको लाईसेन्स दाङ, रोल्पा, रुकुममा लिएर ठेकेदारहरु आएको भन्दै यस तर्फ सरकारको ध्यानाकर्षण समेत गराउने उनले बताइन ।
त्यसैगरी प्रदेश सांसद अमर डााँगीले जलवायु परिवर्तनका कारण मुलुकले ठूलो समस्या भोगिरहेको बताए । यता तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले अबको तीन बर्षमा एक घर एक धारा भन्ने सरकारको लक्ष्यलाई सफलतमा पु¥याउनका लागि योजना बद्धरुमा अघि बढ्न संजाललाई आग्रह गरे । संजालका संयोजक खेमराज वलीको अध्यक्षताम भएको कार्यक्रमको संचालन सचिव प्रदिप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस