दंगिशरण गाँउपालिका अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड जारी

लक्ष्मण बस्नेत
जेठ २३ हेकुली दाङ । दंगिशरण गाँउपालिका स्तरिय प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०७६ अन्तरगत बिहिबार एथ्लेटिक्स तर्फका २००, ४०० मिटर दौड, ज्याभलिन थ्रो, लङजम्प छात्र÷छात्रा तर्फका खेल सम्पन्न भएका छन् ।
जारी प्रतियोगितामा एथ्लेटिक्स तर्फको २०० मिटर दौड छात्र तर्फ माबि मधपुरका दामोदर के.सी.ले स्वर्ण पदक हात पारे । ज्ञानोदय मा.बि का ईश्वर चौधरीले रजत पदक हात पार्दा श्रीगाँउ लाइभ भिजन सिम्ठानाका सुजन भण्डारीले कास्य पदक जिते । त्यस्तै २०० मिटर छात्रा तर्फ मा.बि. मधपुरका सजना खत्रीले स्वर्ण पदक हात पारिन् । सिद्ध पृथ्वी मा. बि श्रीगाँउकी सरिता नेपालीले रजत पदकमा चित्त बुझाउदा बिरेन्द्र मा.बि. हेकुलीकी विपना वलीले कास्य पदक जितिन् ।
त्यस्तै ४०० मिटर छात्र तर्फ मा.बि. मधपुरका राहुल बि.क.ले स्वर्ण पदक जित्न सफल भए । राहुलले स्वर्ण जित्दा ज्ञानोदय मा.बि.का मनिष नेपालीले रतज पदक हात पारे भने मा.बि श्रीगाँउका गंगाप्रसाद वलीले कास्य पदक जिते ।
त्यस्तै ४०० मिटर छात्रा तर्फ बिरेन्द्र मा.बि. हेकुलीका सुचना चौधरीले स्वर्ण पदक जितिन् । भानु मा. बि. परसडुवाका सीता कुमारी खड्काले रजत र मा.बि. मधपुरका पिमा डाँगीले कास्य पदक हात पारे ।
त्यस्तै लङजम्प छात्र तर्फ ज्ञानोदय मा.बि.का अर्जुन नेपालीले स्वर्ण पदक हात पारे । मा. बि मधपुरका ज्ञानेन्द्र खत्रीले रजत जित्दा बिरेन्द्र मा.बि.का सुनिल परियारले कास्य पदक हात पारे ।
त्यस्तै लङजम्प छात्रा तर्फ सिद्ध पृथ्वी मा. बि. श्रीगाँउका सुनिता डाँगीले स्वर्ण पदक हात पारिन् । मा. बि. मधपुरका सृजना के.सी.ले रजत पदक हात पार्दा लुमा वलीले कास्य पदक जितिन् ।
त्यस्तै ज्याभलिन थ्रो छात्रा तर्फ मा.बि. हेकुलीकी शोभा भण्डारीले स्वर्ण पदक हात पारिन् । शोभाले स्वर्ण जित्दा माबि मधपुरकी देवी न्यौपानेले रजत पदक जित्दा माबि श्रीगाँउकी पेसली वलीले कास्य पदक हात पारिन् । त्यस्तै छात्र तर्फ माबि हेकुलीका घनश्याम वलीले स्वर्ण पदक हात पारे । ज्ञानोदय माबिका सागर परियारले रजत र भानु माबिका डायना विएमले कास्य पदक जिते ।
यसैविच प्रतियोगिता अन्तरगत भलिबल छात्र तर्फ बिरेन्द्र माबि हेकुलीले फाइनल यात्रा तय गरेको छ । सेमिफाइनलमा श्रीगाँउ लाइभ भिजन स्कुललाई २–१ को सोझो सेटमा पराजीत गर्दै बिरेन्द्र माबि हेकुलीले फाइनल यात्रा तय गरेको हो ।
दंगिशरण गाँउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित प्रतियोगिताको एथ्लेटिक्स तर्फका केही इभेन्ट्स तथा कबडी र भलिबल खेलका फाइनल खेल सुक्रबार बिहान हुनेछन् ।

माबि हेकुली र माबि श्रीगाँउ छात्रा भलिबलको फाइनलमा

त्यस्तै छात्रा भलिबलमाको फाइनलमा बिरेन्द्र माबि हेकुली र माबि श्रीगाँउ भिड्ने भएका छन् । सेमिफाइनलमा माबि मधपुरलाई २–० को सेझो सेटमा पराजीत गर्दै माबि हेकुलीले फाइनल यात्रा तय गरेको हो । त्यस्तै भानु माबि परसडुवालाई २–० को सोझो सेटमा पराजीत गर्दै माबि श्रीगाँउले फाइनलमा माबि हेकुली संगको भेट पक्का गरेको हो ।
त्यस्तै कबडी छात्र तर्फ ज्ञानोदय माबि र माबि श्रीगाँउ तथा छात्रा तर्फ माबि हेकुली र भानु माबि परसडुवा विच फाइनल भिडन्त हुनेछ । फाइनल खेल सुक्रबार विहान हुनेछ । प्रतियोगितामा गाँउपालिका भित्र स्थापित निजी तथा सामुदायिक गरि ६ विद्यालयको सहभागिता रहेको छ । यसैविच आयोजकले सुक्रबार हुने प्रतियोगिताको समापन समारोहमा उपस्थितीका लागि खेलप्रेमी, खेलाडी, पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस