ठमेलमा मेरो जित सुनिश्चित छ, बिकासको अर्को विकल्प म नै हो : प्रधान।

काठमाडौँ । यही जेठ २५ ठमेल पर्यटन विकास परिषद्को निर्वाचन हुने भएको छ । ‘सुरक्षित ठमेल, व्यवस्थित ठमेल’ भन्ने मुल नाराको साथ ठमेल पर्यटन विकास बोर्डले निर्वाचन गर्न लागेको हो ।

पर्यटकिय विकास र व्यवस्थाको रुपमा महत्वपूर्ण योग्दान पुर्याउँदै आएको ठमेल विकास पर्यटन बोर्डले ठमेलमा सञ्चालन भएका होटल, रेस्टुरेन्ट, ठमेलका स्थानीयवासी, ठमेलमा सञ्चालन हुँदै आएका बैक तथा वित्तिय संस्था र ठमेलमा रहेर समाज सेवा गरेका विभिन्न संघसंस्थाहरुले निर्वाचनमा सहभागीता जनाएका छन् ।

विशेष गरेर ठमेल पर्यटक तथा ठमेल एरियाको विकास, समृद्ध, परिवारमैत्री र सुरक्षित बनाउनको लागि लागेको यो टिम निरन्तर प्रयासमा रहेको छ । त्यसकारण आफ्नो ठाउँ र व्यवसायलाई मर्यादित बनाउनको अर्जुनलाल प्रधानको टिमलाई अत्याधिक मतले विजय गराउन सबै व्यवसायी तथा ठमेलबासीमा आग्रह गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस