कैदीलाई कपडा बुन्ने तालीम

प्यूठान 

जिल्ला कारागार प्यूठानका कैदीका लागि अल्लोको कपडा बुन्ने तालीम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठान र जिल्ला कारागार कार्यालय प्यूठानको संयुक्त आयोजनामा पुरुष कैदीका लागि अल्लोको कपडा बुन्ने १ महीने तालीम र महिलाका लागि अल्लोको धागो उत्पादन तथा प्रशोधन गर्ने १० दिने तालीम दिइएको हो ।

बन्दीलाई शीप प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले तालीम दिइएकोे जिल्ला प्रशासन कार्यालय प्यूठानले जानकारी दिएको छ । कारागारमा रहेका कैदीले केही आयआर्जन गर्न सकून् भनेर तालीमको आयोजना गरिएको जिल्ला कारागार प्यूठानका प्रमुख सूर्य पन्तले जानकारी दिए ।

तालीममा १९ पुरुष र १३ जना महिला सहभागी भएका छन् । जिल्ला कारागारको क्षमता २५ जनाको मात्र भए पनि हाल ६२ कैदी रहेको जिल्ला कारागार प्यूठानले बताएको छ ।

प्रतिक्रिया दिनुहोस