महायज्ञमा ६ लाख बढी दान संकलन

तुलसीपुर, २२ जेठ

नेपालकै नमुना शिबालय मन्दीर निर्माणका लागि तुलसीपुर—४ मजुवा ठुलाखालीमा जारी महायज्ञमा ६ लाख बढी दान संकलन भएको छ ।

महायज्ञमा बुधबार सम्म नगद र कलशबाट गरी ६ लाख १७ हजार १ सय १० दान संकलन भएको महायज्ञका आर्थिक संयोजक चेतराज सिङ ठकुरीले जानकारी दिनुभयो ।

शनिबारदेखि शुरु भएको महायज्ञमा आज सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका—४ मजुवाका नविनकुमार खड्का र उहाँकी श्रीमती गिता खड्काले २२ हजार २ सय २२ रुपैया दान सहयोग गर्नुभएको महायज्ञका संचार संयोजक आशिष के.सी ले जानकारी दिनुभयो ।

धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागी आर्थिक संकलणार्थ महायज्ञको आयोजना गरीएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदीप खड्काले बताउनुभयो ।

महायज्ञ जेठ २६ गते आइतबारसम्म संचालन हुने मुल आयोजक समितिले जनाएको छ ।

महायज्ञबाट करिब एक करोड संकलन गर्ने लक्ष्य रहेको छ । महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमिल्सीना रहनुभएको छ ।

महायज्ञमा दैनिक भजनकीर्तन, झाँकी तथा नाटक प्रस्तुत गरीनुका साथै विभिन्न धार्मीक कार्यहरु चौरासी पुजा, लाखबती, विवाह, व्रतबन्ध, व्रत सांगिता, भूमिदान, तुलादान, गौदान लगाएतका कार्यहरु भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस