अन्तर बिधालय स्तरिय फुटसल हुने।

लक्ष्मण बस्नेत
दाङको तुलसीपुरमा अन्तर बिधालय स्तरिय फुटसल प्रतियोगिता हुने भएको छ !
तुलसिपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिता यहि जेठ २४ गते देखि सुरु हुनेछ !
बिधालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका निजि तथा सामुदायिक बिधालय गरि २५ टिमको सहभागिता रहने क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठले जानकारी दिनु भएको छ !
जेठ २६ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १५ हजार ट्रफी मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद १० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् !त्यस्तै सोही अबसरमा उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच हुने खेलाडिलाई जर्सी प्रदान गरिने छ ! यसैबिच प्रतियोगिताको प्रचार प्रसार,टिम दर्ता,आर्थिक ब्यबस्थापन लगाएतको तयारी भइरहेको क्लबका कोषाध्यक्ष दुर्गा राजलवट ले जानकारी दिनु भएको छ !

प्रतिक्रिया दिनुहोस