लोकसेवा अोयोगक परिक्षा यसरी तयारी गरे भईन्छ सफल,परिक्षार्थीहरुले ध्यानदिनुपर्नेकुराहरु।

 


काठमाडौं, । नेपाली युवा जमातको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिष्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । सेवा प्रवेशका लागि योग्य बन्न हजारौं युवायुवती ट्युसन,कोचिङलगायत स्वअध्ययनसहित मिहिनेत गरिरहेका छन् । तर,लोकसेवामा नाम निकाल्न सजिलो छैन,सानोतिनो तपस्या नै गर्नुपर्छ यसमा नाम निकाल्न । निरन्तरको मेहनतका साथ धैर्य र आत्मबल पनि चाहिने भुक्तभोगीहरुको धारणा छ ।

यसै सन्दर्भमा लोकसेवा टपर तथा हालका वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव किरणराज शर्माले लोकसेवा परीक्षामा सफल बन्ने केही टिप्स बाँडेका छन् ।

शर्माका अनुसार सबैभन्दा पहिले अध्ययन सामग्रीको खोजविन गर्ने काममा यसको तयारीमा रहेकाले ध्यान दिनुपर्छ । तर अध्ययन सामग्री खोज्दा पाठ्यक्रम र सोसँग सम्बन्धित सामग्रीमा भने बिशेष चनाखो हुनुपर्छ । राष्ट्रिय योजना आयोग,अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय ,लोकसेवा आयोग,विभिन्न संसदीय समितिका प्रतिवेदन,प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न पनि लोकसेवाको तयारीमा रहेकाले छुटाउनु हुँदैन ।

बिबिसी नेपाली सेवालगायतको राष्ट्रिय,अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने र महत्वपूर्ण घटनाक्रमको टिपोट गर्ने गर्नाले पनि परीक्षार्थीलाई फाइदा पुग्छ । यसको साथमा सम्बन्धित विषयमा विद्वानहरुको लेख तथा अन्तरवार्ता पढ्ने र महत्वपूर्ण कुराहरु टिपोट गर्ने बानी बसाल्न फिटिक्कै अल्छी गर्नु हुँदैन । अगाडिका परीक्षामा उत्तीर्ण भएकाको अनुभव जान्न उनीहरुसँग कुराकानी गर्नु पनि उत्तिकै हितकर हुन्छ ।

इन्टरनेटमा बृहत्तर ज्ञान छ । त्यसको उपयोग गर्दै पाठ्यक्रम अनुसारको विषयको अध्ययन गर्नाले पनि निकै सहयोग पुग्छ । पाठ्यक्रम अनुसारको नोटकपी बनाएर, अलग–अलग विषय संग्रह गरेर अध्ययन गर्ने बानी बसाल्न ढिलो गर्न हुँदैन ।

निराशाले मानिसलाई गन्तव्यमा पुर्याउँदैन । यो मानिसको सफलताको शत्रु हो । त्यसैले हरेक समय उत्साहित रहिरहनुपर्छ । कहिल्यै पनि मनोबल कम हुने गरी सोच्नु हुँदैन । सधैभरी सकारात्मक सोच राख्नुपर्छ ।

अध्ययनका लागि समय चयन पनि निकै नै महत्वपूर्ण मानिन्छ । त्यसका लागि बिहान ४–६ र साँझ पनि दुई घन्टा पढ्नु राम्रो हुन्छ । साथमा दैनिक पढेका कुराहरु लेख्ने र सम्झने कोसिस गर्न छाड्नु हुँदैन । पढ्दा निरन्तर होइन,एक घन्टामा दश मिनेट जति ब्रेक लिनुपर्छ ।

दैनिक एउटै विषय नपढेर २–३ वटा क्षेत्र तथा विषय पढ्दा राम्रो हुन्छ । कुनै कुरा नोट गर्दा शुद्व,राम्रा र छोटा वाक्य लेख्नुपर्छ,ताकि त्यसले तपाईंको लेख्ने बानीमा सुधार होस र एउटा लय बसोस् । अबधारणा ,सिद्वान्त र अभ्यासजस्ता विषयमा जानकारी राख्न पनि छुटाउनु हुँदैन । लेख्दा तथा अन्तर्वाता दिँदा ओजपूर्ण शब्दचयन गर्ने बानीको पनि विकास गर्नुपर्छ ।

पढ्दा कुर्सी तथा टेबुलमा बसेर एकाग्र भएर पढ्नुपर्छ । ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्दा त्यसले धेरै नै फाइदा पुग्छ । मिल्ने,खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने कुरामा पछि पर्नु हुँदैहुँदैन । वातावरणलाई जतिमैत्रीपूर्ण र हर्षपूर्ण बनाइयो त्यति नै फाइदा हुन्छ,त्यसैले यसतर्फ ध्यान दिनु हितकर नै हुन्छ ।

लोकसेवा आयोगका परिक्षार्थीहरुले ध्यानदिनुपर्नेकुराहरु

१. लोकसेवा आयोगले तर्जुमा गरेको वाषिर्क कार्यतालिका लिई सोही अनुसार तयारी अघि बढाउने

२. विश्वसनीय, भरपर्दो र उपयुक्त पाठ्यसामग्री संकलन गरी नियमित रुपमा अध्ययन गर्ने र महत्वपूर्ण लागेका कुराहरुलाई सिलसिलेवार रुपमा टिपोट गर्ने ।

३. पाठयक्रम र परीक्षामा सोधिने प्रश्नको ढाँचा गहन अध्ययन गरी परीक्षामुखी अभ्यासमा जोड दिने ।

४. लोकसेवा आयोगको परीक्षासँग सम्बन्धित विभिन्न पत्रपत्रिकाहरुका साथै अन्य सर्न्दर्भ सामग्रीको अध्ययनलाई व्यवस्थित बनाउने

५. यथा समयमा परीक्षा हलमा पुगी शान्त र संयमित भई उत्तर लेखन सुरु गर्ने ।

६. परीक्षा हलमा उत्तर लेख्न सुरु गर्नुभन्दा पहिले प्रश्नपत्रहरु पुरा भए नभएको यकिन गर्ने ।

७. वस्तुगत प्रश्नको उत्तर दिदा क, ख, ग, घ मध्ये जुन सही लाग्छ, त्यही की लाई मिल्दो महलमा लेख्ने । अन्य चिन्ह वा संकेतको प्रयोग,

८. असम्बन्धित कोठामा लेखिएका उत्तर केरमेट गरी सच्चाइएका उत्तर र सिसाकलम प्रयोग गरी लेखिएका उत्तरहरु अमान्य हुने हुँदा यसमा विशेष ध्यान पुरयाउने ।

९. वस्तुगत बहुउत्तर परीषा प्रणालीमा गल्ती गरेको उत्तरलाई २० प्रतिशत अंक कटी गरिने हुँदा अन्धाधुन्ध उत्तर नलेखी सजगता अपनाउने ।

१०. छोटा विषयगत प्रश्नको उत्तर दिदा समयको परिधिभित्र रही प्रश्नले अपेक्षा गरेको उत्तरमा प्रष्ट भई बुँदागत रुपमा सटिक जवाफ लेख्ने र लामो विषयगत प्रश्नको उत्तर दिदा भने प्रश्नको गाम्भिर्यता हेरी भूमिकासहित तथ्यगत जवाफ र निष्कर्षमात्र लेख्नु राम्रो हुन्छ।

११. मौलिक, सृजनात्मक एवम तर्कयुक्त जवाफ लेख्ने प्रभावमा छुटयाइ लेख्ने । कुनै विषयको प्रभावका बारेमा लेख्नुपर्दा सकारात्मक र नकारात्मक प्रभावमा छुटयाई लेख्ने ।

१२. विषयगत प्रश्नको उत्तर लेख्दा सकभर केरमेट नगर्ने साथै लेखेको कुरा काटनुपर्ने भएमा तेस्रो धर्कोले काटी थप्नुपर्ने कुरा बुझिने गरी लेख्ने ।

लोकसेवा आयोगमा बारम्बार सोधिने महत्वपूर्ण प्रश्नहरु तथा उत्तर

– दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा हो ।

– दक्षिण एसियामा नै राजनीतिमा सबैभन्दा बढी महिला सहभागिता रहेको देश नेपाल हो ।

– सगरमाथा मा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हो ।

– संयुक्त्त राष्ट्र संघको स्थापना २४ अक्टोबर १९४५ मा भएको थियो ।

– विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर ूथ्ू जस्तो छ ।

– २०१८ फिफा विश्वकप रसियामा आयोजना हुँदैछ ।

– भारतीय रेलवेको दार्जीलिङमा चल्ने रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ ।

– भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा हुन् ।

– रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो ।

– खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटर सम्मको उचाईमा बग्दछ ।
– काग यस्तो पंक्षी हो जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ ।

– नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना म्याग्दी जिल्‍लामा पर्दछ ।

– डा. फुहररले लुम्बिनीको उत्खनन् गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो ।

– स्वयम्भूको पुरानो नाम पद्मकण्ठगिरी हो ।

– सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६मा भएको थियो ।

– झिङ्गे माछाको रगत रङ्गहिन हुन्छ तर जब यो बाहिर आउँछ अक्सिजनले यसलाई निलो बनाइदिन्छ ।

– विश्वको सबैभन्दा लामो नदी नाइल नदीको लम्बाई ६६५० किलोमिटर छ ।

– सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ ।

– हवाइयन वर्णमालामा जम्मा १२ वटा मात्र अक्षर छन ।

– भारत र श्रीलंका बीच समुद्रमा बनेको ३० किमी लामो पूललाई एडम्स ब्रीजु भन्छन ।

– मैथली भाषा विश्वमा बढि बोलिने भाषा मध्य २६ औं स्थानमा छ ।

– उँटको दुध जम्दैन वा फाट्दैन ।

– जुका सबैभन्दा बढी प्रजाति भएको जीव हो ।

– सबैभन्दा अल्छी चरा ढुकुर हो ।

– एनसेल मोबाइल सेवाबाट विकिपीडिया जिरो प्रयोग गरेमा पैंसा लाग्दैन ।

– पछिल्लोपटक गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ५०३ गैंडाहरू रहेका छन् ।

– सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू(भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्‍यो ।

– संसारका ११ प्रतिशत मानिसहरूले वाँया हातको प्रयोग गर्दछन् ।

– अंग्रेजी भाषामा सबैभन्दा बढी प्रयोग हुने अक्षर इु हो भने सबैभन्दा कम प्रयोग हुने अक्षर क्युु हो ।

– सबै महाद्विपहरूको नामको शुरू तथा अन्त्य एउटै अंग्रेजी अक्षरबाट हुन्छ ।

– सर्वप्रथम कफी इथियोपियामा पत्ता लागेको थियो ।

– बिक्रम सम्बत् २०५१ मा नेपालमा प्रथम पटक मिस नेपाल प्रतियोगि‍ता आयोजना भएको थियो ।

– ल्याप्टपका आविश्कारक बिल मग्रिज हुन ।

– सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र ब्राजिल हो ।

– बिल गेट्स हाल विश्वका सबै भन्दा धनी व्यक्ति हुन ।

– स्वीडेनकी किकी ह्याकन्सन पहिलो विश्वसुन्दरी हुन ।

– सबैभन्दा बढी फिफा बर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेस्सी हुन ।

– कोरियन गायक तथा संगितकार पार्क जि(साङ्गले गाएको गित गङ्नम स्टाइल युट्युबमा सन् २०१३मा सबैभन्दा बढि हेरिएको गित हो ।

– विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन ।

– चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात फेब्रुअरी २००४ मा भएको हो ।

– विश्वको सबैभन्दा ठुलो जनावर निलो व्हेल हो ।

– सिएनएन हिरो हुने पहिलो नेपाली अनुराधा कोइराला हुन ।

– विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके हुन् । उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन् ।

– विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् ।

– विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन् ।

– नेपालको पहिलो विमान चालक महिला रक्षा राणा हुन् ।

– सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला जापानकी जुन्को ताबेई हुन् भने नेपालको पहिलो सगरमाथा आरोहि महिला श्रीमती पासाङ ल्हामु शेर्पा हुन् ।

– विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने प्रचलन बेलायतबाट सुरू भएको हो ।

– नेपालको पहिलो महिला सम्पादक साधना प्रधान र कुमारी कामाक्षादेवी हुन् ।

– नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्र लक्ष्मी हुन् ।

– रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन् ।

– नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन् ।

– सर्वप्रथम मदन पुरस्कार पाउने महिला लेखिका पारिजात हुन् ।

– विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरी हुन् ।

– प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन् ।

– नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जबरा हुन् ।

– नेपालमा सबैभन्दा पहिलो बैंकनोट विक्रम सम्बत २००२ सालमा प्रकाशन भएको थियो ।

– नेपालको सबैभन्दा ठूलो ढोका नारायणहिटी दरवारको ढोका हो ।

– विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो ।

– नेपालमा ३९१५ गाविस तथा १३० नगरपालिका छन । ९७२ नगरपालिका २०७१ बैशाख २६ गते थप गरिएको

– विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो ।

– धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि।सं। १८८२मा गराएका हुन् ।

– तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ ।

– नेपालमा पर्वतारोहणका लागि सबैभन्दा पहिले खुला गरिएको हिमाल अन्नपूर्ण हिमाल हो ।

– काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो ।

– कलियुग पौष कृष्ण औँसीबाट सुरु भएको मानिन्छ ।

– गणेशमान सिंहको बाल्यकालको नाम हिराकाजी थियो ।

– नेपालको भूकम्प नजाने शहर भनेर पनौती लाई चिनिन्छ ।

– श्रीपशुपतिनाथलाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ ।

– नेपालको पहिलो प्रधानमन्त्रि भिमसेन थापा हुन्।

– नेपालमा १८५ प्रकारका माछा पाइन्छन् ।

– सप्तबुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिखी विश्वभू¸ काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन् ।

– थर्ड पोल नामले सगरमाथालाई चिनिन्छ ।

– स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो ।

– हिम चितुवा नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो ।

– सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल र इष्ट इण्डिया कंपनी बीच भएको थियो ।

– माछा संरक्षण केन्द्र पोखरामा छ ।

– गाईको ३२वटा दाँत हुन्छन् ।

– भालुको ४२वटा दाँत हुन्छन्।

– स्विजरल्याण्डमा प्रति वर्ष प्रति व्यक्ति १० किलो गर्न बराबरको चकलेट खान्छन् ।

– हिमपहाडको ९० प्रतिशत भाग पानी भित्र हुने गर्दछ ।

– अष्ट्रेलियालाई पहिला नयाँ हल्याण्ड भनिन्थ्यो ।

– मानिसको औसत मस्तिष्कमा करिब ७८ प्रतिशत पानी हुन्छ ।

– भ्यागुताले आफ्नो आँखा खुला राखि खाना निल्न सक्दैन ।

– हरेक दिन संसारको कुनै न कुनै देशमा विदा भएको हुन्छ ।

– डटपेनको आविष्कारक जोन जे। लाउड हुन् ।

– नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवा वि।सं। २०६४ असार २३ देखि प्रारम्भ गरेको हो ।

– चियामा टेनिस नामक विषालु क्षारिय तत्व हुन्छ ।

– खुट्टामा जिव्रो हुने जीव पुतली हो ।

– मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम आँखा झिम्काउने कार्य हो ।

– जिब्रोको भित्री भागले तीतो स्वाद थाहा पाउँछ ।

– रुघा संसारकै सबैभन्दा बढी सर्ने रोग हो ।

– डेविड फिलो र जेरी याङ्ग याहुका संस्थापकहरू हुन् ।

– भेनेजुयलामा असंलग्न राष्ट्रको १७ सम्मेलन सन् २०१५ मा आयोजना हुँदैछ ।

– अस्ट्रेलियाको निर्वाचनमा मत नखसालेमा ४ डलर जरिवाना तिर्नु पर्ने नियम छ ।

– विचित्र नामको गुफा गुल्मी जिल्लामा अवस्थित छ ।

– नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार गोपाल प्रसाद रिमाल हुन् ।

– जापान विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक हो ।

– भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ मूल सर्वास्ति विनय हो ।

– नेपालको चितवनमा अन्तराष्ट्रिय हात्ति पोलो खेल नियमित रुपमा हुने गर्दछ ।

– माइक्रोसफ्ट कर्पोरेशन संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी हो ।

– अल्वर्ट आइन्स्टाइनलाई इजरायल देशको राष्ट्रपति हुन आग्रह गरिएको थियो ।

– चाल्र्स डार्बिनले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा व्याख्या गरेको मानिन्छ ।

– पृथ्वीको गति भन्दा परमाणु घडी ०.९ सेकेन्डले चलाख हुन्छ ।

– नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत वि.सं. २०६६ मंसीर १ देखी वितरण गर्न थालियो छ ।

– फिलामेन्ट बत्तीको आयु १००० घण्टा हुन्छ ।

– हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास हिलियम हो ।

– भारतीय संसद परिषदमा दुर्गा मल्ल (नेपाली व्यक्ति) को सालिक रहेको छ ।

– जटापोखरी ताल सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।

– नेपालको सबैभन्दा होचो भाग मुसहरनिया ५९ मि। ९धनुषा० हो ।

– इतिहासका पिता भनि हेरोडोटसलाई भनिन्छ ।

– क्यालकुलेटरका आविष्कारक पास्कल हुन् ।

– घरमा हुने सामान्य कुराकानीमा ३० डेसिबल ध्वनी उत्पन्न हुन्छ ।

– नेपालको अन्तरिम संविधान, २०६३ वि.सं. २०६३ माघ १ जारी भयो ।

– संयुक्त राष्ट्र संघको महासभाको अध्यक्ष हुने पहिलो महिला विजया लक्ष्मी पण्डित (भारतीय) हुन् ।

– विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक भारत हो ।

– नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी सर एडमण्ड हिलारी हुन् ।

– ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका जे.के. रोलिङ हुन् ।

– प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र लेबनान हो ।

– नेपालको राष्ट्रियगानमा ४६ शब्द र १२८ अक्षर छन् ।

– संयुक्त राष्ट्र संघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक बेलायत हो ।

– विश्वको प्रथम लिखित संविधान अमेरिकाको हो ।

– महेन्द्र राजमार्गको कन्काई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल नेपालको सबैभन्दा लामो पूल हो र यो झापा जिल्लामा पर्दछ ।

– कुखुराको अहिलेसम्मको सबैभन्दा लामो उडानको रेकर्ड १३ मीटर हो ।

– हात्ती एकमात्र उफ्रिन नसक्ने स्तनधारी प्राणी हो ।

– बिरालोले आफ्नो जीवनको ६६ प्रतिशत समय सुतेर बिताउँछ

प्रतिक्रिया दिनुहोस