पत्रकार निशानदाजु भट्टराईको सदस्यता खारेज

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार निशानदाजु भट्टराईको सदस्यता खारेज गर्ने निर्णय गरेको छ।
पत्रकार आचारसंहिता उलंघन गरेको आरोपमा यसअघी ३ महिना नीलम्बनमा परेका भट्टराईलाई महासंघले लिखित रुपमा आत्मालोचना गर्न निर्देशन समेत गरेको थियो । तर,भट्टराईले आत्मालोचना गर्न छाडेर झनै आक्रामक रुपमा आचारसंहिता उलंघन गरी महासंघको गरिमामा आँच पु¥याएकाले पत्रकार भट्टराईको सदस्यता सदाकालागी खारेज गर्न केन्द्रीय समितीमा सिफारिस गर्ने निणर्य गरिएको अध्यक्ष सविन प्रियाशनद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
सदस्यता खारेज गरिएका पत्रकार भट्टराई जागरण अनलाइन डटकमका सम्पादक हुन् । यसअघी महासंघले बिभिन्न अनलाइनमा कार्यरत पत्रकार सागर थापाको सदस्यता पनि खारेज गरेको थियो ।


साथै बैठकले महासंघले कार्वाही गरेका केही व्यक्तिले पत्रकार आचारसंहिता विपरीत काम गर्नुका साथै आधारहिन सूचना प्रकाशन गर्ने गरेकाले तत्काल नसच्चिए थप कार्वाही गर्ने निणर्य समेत गरेको छ । त्यसैगरी महासंघबाट कार्वाही गरेका व्यक्तिलाई प्रसय÷प्रोत्सहान नदिन सरकारी तथा गैर सरकारी संस्थामा लिखित रुपमा पत्रचार गर्ने निर्णय समेत महासंघले गरेको छ । तर, बिज्ञप्तीमा ती व्यक्तिहरुको नाम भने खुलाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस