मेयर चौधरीले पत्रकारको नाकको डाँडी भाच्नको लागि १ करोड छुट्याए।

इटहरीः इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन् । पत्रकार विराट अनुपमसँग फोनमा भएको कुराकानीमा चौधरीले धम्क्याएका हुन् । ‘तिम्रो नाक भाँच्न १ करोड छुट्याइएको छु’ भन्दै मेयरले धम्की दिएका छन् ।

आफ्नो फेसबुक पोस्टमा चाटुकार पत्रकार भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई अब तिम्रो नाकको हड्डी भाँच्छु अनि मात्र मलाई शान्ति हुन्छ भन्दै मेयरले धम्क्याएका हुन् ।

कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएपछि उनी काठमाडांै पुगेका थिए । लामो समय काठमाडौंमै बसेका उनले यसअघि पनि फेसबुकमा अभद्र कमेन्ट गर्दै आइरहेका छन् ।

‘तिम्रो नाकको हड्डी भाँच्न १ करोड छुट्याएको छु’, उनले भनेका छन्, ‘तिम्रो नाकको हड्डी भाँच्न एउटा घडेरी छुट्याएको छु ।’ यसअगाडि पनि अनुपमकै पोस्टमा अब तेरो पालो भन्दै मेयरले धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस