खाँउ खाँउ,लाँउलाँउ उमेरमा झापा र सुनसरीमा स्कुटीले लियो दुई जनाको ज्यान।

इटहरी । प्रदेश नम्बर १ का झापा र सुनसरीमा सोमबार भएका दुर्घटनामा दुई जना युवतीले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा एकजना स्टाफ नर्स हुन भने एकजना स्थानीय नेताकी छोरी हुन । बेलुका धरान–८ स्थित विश्वकर्मा मन्दिर छेउमा दुर्घटना हुँदा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्सको मृत्यु भएको छ । मारेकटहरे धनकुटा घर भएकी २५ वर्षिय कविता विपि प्रतिष्ठानकी स्टाफ नर्स भएको इलाका प्रहरी कार्यालय धरानको सञ्चार शाखाले जानकारी दिएको छ । रोकि राखेको ट्रक मुनी छिरेकी तुम्बालाइ उपचारको लागी विपि ल्याइएको थियो ।

अस्पतालमा ल्याइपुर्याएपछि उनको मृत्यु भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी पोष्टले जानकारी दिएको छ को २६ प ८५१ नंम्बरको स्कुटीमा इटहरीबाट धरान आउदै गरेकी तुम्बा सडकमा रोकेर राखिएको ना ६ ख ४३४५ नं। को ट्रकको पछाडी छिरेकी थिइन् । घटनास्थलमा रहेका स्थानीयका अनुसार ट्रकमा डिजेल सकिएपछि त्यतिकै रोकेर राखिएको थियो भने ट्रकको पछाडी भागमा लाइट रिफ्क्टर समेत नभएको र इण्डिकेटर समेत नबाली सडकमा नै पार्क गरि राखिएको थियो ।उता स्कुटर दुर्घटनामा परी झापामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ बस्ने २७ वर्षीया रञ्जना खनाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा मृत्यु भएकी खनाल नेकपा झापाका जिल्ला सदस्य राधाकृष्ण खनालकी छोरी हुन् । प्रहरीका अनुसार सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धरमपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १० प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आइरहेको मे ७ प १६७८ नम्बरको स्कुटरमा सवार खनाललाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक खनालको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । यता, प्रहरीले मोटरसाइकसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस