चाैतारी मलेसिया द्वारा तराईका हावाहुरी पिडितलाई २५ हजार १ सय सहयाेग।

राम प्रसाद सुवेदी संगम
मलेसिया जुन ४ तारिख। साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले गत चैतमा अाएकाे अाँधीबेहरी कारण क्षेतिग्रसत तराईका जिल्ला बारा र पर्साका पिडितहरुलाई अार्थिक सहयाेग गरेकाे छ । साहित्यिक चाैतारी नेपाल ईजरायल शाखाकि पुर्व अध्यक्ष समा श्री ले सङ्कलित रकम २५ हजार १ सय रुपैयाँ चर्चित कार्यक्रम इन्द्रेणी का सञ्चालक कृष्ण कडेलाई ईन्द्रेणिकाे स्टुडियो मै गएर हस्तान्तरण गर्नु भएकाे हाे ।
गत चैत १७ गते अाइतबार राती बारा पर्सा लगायत तराइका विभिन्न जिल्लामा अाएको अाँधीबेहरी का कारण २७ जनाको ज्यान जानुका साथै सयौं घाइते तथा करोडौंको क्षति भएको दुखद् घडीमा साहित्यिक चौतारी नेपाल मलेसिया शाखा परिवार मृत अात्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै विपत परेको बेला सबैले अा अाफ्नो ठाउँबाट सहयोग गर्नु नै मानवियता हो भन्ने कुरालाई अात्मसाथ गरेर चौतारी मलेसिया शाखाका तर्फबाट तत्कालीन उपाध्यक्ष तथा निबर्तमान अध्यक्ष रामप्रसाद सुवेदी संगमकाे संयोजकत्वमा सहयोग संकलन अभियान थालिएको थियाे ।

अभियानलाई अात्मसाथ गर्दै काशीनाथ खड्का कान्छू Rm50,तारा साेमै सङ्कल्प Rm50,सुमन पाेखरेल Rm50,किरन अधिकारी (Skp मलेसिया) Rm40,राम प्रसाद सुबेदी संगम Rm40,राजन कार्कि Rm40,रेशम रचित Rm 30,अनुरागि बम क्षेत्री (जन्म दिनकाे अवसरमा) Rm190,अनुप राना मगर Rm 50,प्रित अञ्जुली Rm 40,खेम मगर कान्छा Rm 40,निमेष चौधरी Rm60,सन्दीप संग्रौला ‘दिलदुखी’ Rm35,दल बहादुर लामा Rm55,बरुण बाबु बिस्वकर्मा Rm 45,दिल प्रकाश मगर Rm100र महेन्द्र सिंहबाट Rm 20 गरि जम्मा RM 935 नेपाली २५ हजार १ सय रुपैयाँ सङ्कलन् भएकाे थियाे ।

साहित्यिक चौतारी नेपाल मलेसिया शाखा नेपाली भाषा तथा साहित्यको विकास र विस्तारमा मात्रै सिमित नरहेर सामाजिक सेवाका क्षेत्रमा समेत उत्तिकै सक्रियता देखाउदै अाईरहेको संस्था हाे। अहिले भारतमा गाडि दुर्घटनामा परि गम्भीर घाईते भएका साहित्यकार अनुराग चन्द्र रिजाल लाई सहयाेग सङ्कलन् गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस