झापामा करेन्ट लागेर एक जनाको मृत्यु

जेठ २१, २०७६ भद्रपुर (झापा)  :

करेन्ट लागेर झापामा सोमबार एक व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेचिनगर नगरपालिका–९ का ४५ वर्षीय कृष्ण चौधरी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार सोही वडाका मणिकुमार लिम्बुको घरमा रहेको कुखुरा फारममा बिजुलीको तार जोड्ने क्रममा चौधरीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई उपचारको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस