नचिनेको नम्बरमा फोन गरेको भन्दै श्रीमतीको हत्या

जनकपुर ।

श्रीमती हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ का २२ वर्षीय रहमत राइन रहेका छन् ।

अपरिचित नम्बरमा फोन गरेको भन्दै राइनले १७ जेठमा श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुसन यादवले अपरिचित नम्बरमा फोनमा कुरा गरेकै कारण हत्या गरेको बयान दिएको बताए ।

राइनले यो विषयमा धेरै पटक झगडा हुँदा समेत कुरा गर्न नछाडेकाले हत्या गरेको बयान दिएको धनुषाका प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस