अभिनेता खगेन्द्र चलचित्र निर्देशनमा

काठमाडौं ।

अभिनेता खगेन्द्र लामिछानेले चलचित्र निर्देशन गर्ने भएका छन् । विभिन्न नाटकमा निर्देशक भएर काम गरिसकेका खगेन्द्रले नयाँ चलचित्र ‘पानी फोटो’बाट निर्देशन गर्न लागेका हुन् । आफूले निर्देशन गर्ने चलचित्र ‘पानी फोटो’को उनले आइतबार काठमाडौंमा एक समारोहबीच निर्माण एवं निर्देशनको घोषणा गरे ।

आफैंले लेखेर यसअघि नाटक देखाइसकेको पानी फोटो नाटकलाई उनले चलचित्रको रूपमा निर्माण गर्न लागेका हुन् ।

अभिनयमा प्रखर मानिएका खगेन्द्रले यसअघि टलकजंग भर्सेज टुल्के, धनपति जयभोले जस्ता फिल्ममा पनि नायकको भूमिका निर्वाह गरेका थिए । अब फिल्म पानी फोटोमा उनले मुख्य भूमिका पनि निर्वाह बताएका छन् ।

पानी फोटोमा खगेन्द्र लामिछानेसँगै सुनिल पोखरेल, अनुप बराल, निशा शर्मा पोखरेल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, श्यामकुमार खड्कालगायतका कलाकारको अभिनय रहनेछ ।

नायकका रूपमा चर्चा कमाएका खगेन्द्रले यो चलचित्र निर्देशन गर्नुको कारणबारे कार्यक्रममा यसो भने, ‘मैले यो नाटक आफैंले लेखेर आफ्नै निर्देशनमा मञ्चन पनि गरिसकेको थिएँ ।

प्रतिक्रिया दिनुहोस