काठमाडौं :
प्रधानमन्त्री कप क्रिकेटमा सोमबार पनि दुई खेल हुँदैछन्।
विहान ९ बजे त्रिवी क्रिकेट मैदानमा गण्डकी र पाँच नम्बर प्रदेश भिड्दैछन्। तीन खेलबाट तीन अंक जोडेको पाँच नम्बर प्रदेशको सेमिफाइनल प्रवेशको संभावना कायमै छ। गण्डकी प्रदेश भने एक अंकसहित अंकतालिकाको पाँचौं तथा अन्तिम स्थानमा छ।
सोमबार नै ९ बजेपछि मुलपानी क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम र प्रदेश तीन भिड्दैछन्। चार अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको प्रदेश तीन खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा छ।
एक अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले खेलेका दुईमध्ये एक खेल बराबरी गर्दै एक अंक मात्रै जोडेको छ। समूह ए बाट ३ खेल जितेको सशस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। समूह बी बाट भने दुई विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब अन्तिम चारमा पुगिसकेका छन्।