अर्घाखाँची –
आइतबार साँझ आएको पानीसहितको हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा एक विद्यालयसहित ६० वटा घर गोठको छाना उडाएको छ ।
हाबाहुरीका कारण छत्रदेव गाँउपालिकाको २ र ३ नम्वर वडामा मात्रै एक विद्यालय सहित ६० घरगोठको छानो उडाएको होे ।
हाबाहुरीले शहिद मेमोरियल बोर्डिंग स्कुलको टिनको छाना तथा स्थानीय बासिन्दाका टिन तथा फुसको छाना उडाएको स्थानीय पिताम्वर खनालले जानकारी दिनुभयो ।
हावाहुरीले बल्कोटको हुलाकदेखी पाटीसम्मको क्षेत्रमा बढी क्षती पुर्याएको पनि उहाँले बताउनुभयो ।
हाबाहुरीका कारण आँप लिची तथा अन्य रुखसमेत लडाएको छ । हाबाहुरीको यकिन क्षतीको विवरण संकलन गर्ने काम भइरहेको छ ।