भारत निकासी हुँदै गरेको मदिरासहित ६ जना पक्राउ

राजविराज–

भारत निकासी हुँदै गरेको मदिरासहित सप्तरीमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।

राजगढ गाउँपालिका २ कमलपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो।

पिठ्युँमा बोकेर दिलबाले, कस्तुरी र मामश्री नामका मदिरा निकासी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

बरामद भएको मदिरासहित ६ जनालाई नै आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सप्तरी पठाइएको छ।

प्रतिक्रिया दिनुहोस