जिल्ला क्रिकेट संघ दाङको नया कार्यसमितिको निर्वाचन सम्पन्न

तुलसीपुर, १८ जेठ ।

प्रदिप मजगैयालाई अध्यक्ष चयन गर्दै जिल्ला क्रिकेट संघ दाङको नया कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।

अध्यक्ष प्रदिप मजगैया , उपाध्यक्ष  किसोर कुमार घर्तिमगर, सचीव  सन्जु केसि, कोषाध्यक्ष बालकृश्न खत्री सदस्यहरु : किसोर चन्द्र गौतम, कैलास रोकामगर, देबेन्द्र सिंह ठकुरी, नमिता नेपाली नेपाल क्रिकेट संघको बिधान २०५५ (सन्सोधन सहित) को धारा २२(३) बमोजिम गठन भएको ५ सदस्यिय ‘स्वतन्त्र टोलि’ ले बिधानको धारा २३(५) बमोजिम बिस्तृत अध्ययन गरि तयार गरेको प्रतिबेदनमा जिल्लाहरुको चार वर्गीकरण गरिएको थियो ।

२० जिल्लाहरुलाइ सदर अर्थात पुरानै निर्वाचनलाई मान्यता दियिएको थियो भने दाङ सहित ७ जिल्लाहरुलाइ पुन निर्वाचन गर्न पर्ने तर सदस्यता नया बाडन नपर्ने, ६ जिल्लाहरुलाइ नया सदस्यता बितरण गर्दै पुन निर्वाचन गर्नपर्ने र ६ जिल्लाहरुला अप्रयाप्त सन्ख्यामा सदस्यहरु भएतापनी एक मौका दिने निर्णय दिएको थियो ।सोही निर्देसन अनुरुप दाङ जिल्ला क्रिकेट संघको पुन निर्वाचन आज भएको हो ।

प्रतिक्रिया दिनुहोस