जेठ १८, २०७६ दमक, (झापा) :
झापाको दमक चौंकस्थित विन्ध्यवासिनी गेष्ट हाउसमा एकजना युवा मृत भेटिएका छन्। मोरङको विराटनगर घर भएका २५ वर्षीय दीपु खतिवडा डोरीको पासो लगाई गेष्टहाउसमा मृत अवस्थामा भेटिएको जनाइएको छ।
राति खाना खाएर कोठामा सुतेका खतिवडा शनिबार अबेरसम्म नउठेपछि बोलाउन जाँदा चुकुल थुनेर पासो लगाई मृत अवस्थामा भेटिएका होटल सञ्चालक राजन दंगालले बताए। त्यसपछि प्रहरीलाई खवर गरिएको उनले जनाए। इलाका प्रहरी कार्यालय दमकले आवश्यक प्रकृया शुरु गरेको जनाएको छ।