काठमाडौंमा मेघ गर्जनसहित वर्षा

काठमाडौंमा मेघ गर्जनसहित वर्षा

काठमाडौं ।

पश्चिमी वायुको प्रभावले शनिबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

“काठमाडौंसहित आसपासका जिल्ला र पूर्वी पहाडी जिल्लामा वर्षा भइरहेको छ,” महाशाखाका मौसम विद् मिनकुमार अर्यालले बाह्रखरीसँग भने, “पश्चिममा बुटवलसम्म मेघ गर्जनसहित वर्षा भइरहेको छ ।”
पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाको भनाइ छ ।  सामान्यतः प्रिमनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुन्छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस