ट्याक्टरले ठक्कर दिँदा एक वृद्धको ज्यान गयो

विराटनगर :

मोरङमा ट्याक्टरको ठक्करबाट रंगेली नगरपालिका-५ का ७० वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको छ। रंगेली-५ रमनपुरस्थित भित्री सडकखण्डमा को २ त ९५७३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रु लखिचन ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्याक्टरले शुक्रबार साँझ ठक्कर दिएपछि वृद्ध गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार उनको उपचारका क्रममा शनिबार बिहान विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो।

ट्याक्टर र चालक रंगेली-५ का ४३ वर्षीय गेनुवा शर्मालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस